Kathmandu Press

सेनाद्वारा जङ्गी अड्डामा राष्ट्र निर्माताप्रति सलामी र सम्मान अर्पण

काठमाडौं, पुस २७ : नेपाली सेनाले ३००औँ पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवसका अवसरमा सैनिक मुख्यालय जङ्गी अड्डामा राष्ट्र निर्माता पृथ्वीनारायण शाहको सालिकमा...
सेनाद्वारा जङ्गी अड्डामा राष्ट्र निर्माताप्रति सलामी र सम्मान अर्पण

काठमाडौं, पुस २७ : नेपाली सेनाले ३००औँ पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवसका अवसरमा सैनिक मुख्यालय जङ्गी अड्डामा राष्ट्र निर्माता पृथ्वीनारायण शाहको सालिकमा माल्यार्पण तथा पुष्पहार अर्पण गरेको छ।
 
सैनिक मुख्यालय जङ्गी अड्डाको मुख्य भवन अगाडि अवस्थित संस्थापक प्रथम सेनापति राष्ट्रनिर्माताको सालिकमा कायम मुकायम प्रधानसेनापति बालकृष्ण कार्कीले माल्यार्पण र पुष्पहार अर्पण गरी सलामी र सम्मान सम्मान प्रकट गर्नुभयो । उक्त अवसरमा सैनिक एक टुकडीले राष्ट्र निर्माताको सम्मानमा सलामी अर्पण गरेको थियो । कार्यक्रममा सैनिक उच्च अधिकृतले पनि उहाँप्रति पुष्पगुच्छा अर्पण गरे।

विसं १७७९ पुस २७ गते गोरखामा जन्मिएका पृथ्वीनारायण शाहले स–साना राज्यलाई एकीकरण गरी आधुनिक नेपाल निर्माण गरेका हुन्। 

Hardik ivf

आफ्ना भारदारलाई एकीकरण अभियानमा उठाउनुपरेको कष्ट, सफल बनाउन लिएका नीति तथा राज्यलाई जोगाउन सन्ततिले ध्यान दिनुपर्ने विषयवस्तुका विषयमा उनले दिएको दिव्योपदेश आज पनि उत्तिकै सान्दर्भिक छ । 

दिव्योपदेशमा गृहनीति, परराष्ट्रनीति, अर्थनीति, खेतीयोग्य जमिनको रक्षा, खानी, लडाकु सैनिक र सशस्त्र सङ्ग्रह गरी देशको रक्षा गर्ने विषयवस्तु समेटिएका छन् ।

राष्ट्र निर्माताको ‘३००औँ जयन्ती तथा राष्ट्रिय एकता दिवस’ भव्यरूपमा मनाउने क्रममा  सेनाले यस वर्ष दिव्योपदेश प्रवचन, नालापानी चलचित्र प्रदर्शनी तथा कविता, हाजिरी जवाफ, चित्रकला र लेख÷रचना प्रतियोगिता आयोजना ग¥यो ।

सेनाले नेपाल राष्ट्र एकीकरणका सन्दर्भमा प्रयोग भएको मार्गमा गोरखाबाट काठमाडौँसम्म ‘एकीकरण पदयात्रा’सहितको टर्च सैनिक मुख्यालयमा पु¥याएर विसर्जन गरियो ।सेना, स्थानीय जनता र विद्यार्थी सामेल पदयात्रा पुस २० गते गोरखाबाट सुरु भएको पदयात्रा धादिङ, नुवाकोट, नागार्जुन हुँदै सोमबार हनुमानढोका आइपुगेको थियो ।प्रत्येक वर्ष पुस २७ गते मुलुकभर पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवस विशेष रुपमा साथ मनाइँदै आएको छ । 

प्रकाशित मिति: १६:०३ बजे, मंगलबार, पुस २७, २०७८
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्