Kathmandu Press

कालीकोटमा १९ हजार बालबालिकाले लगाए कोभिड–१९ विरुद्धको खोप

मान्म, पुस २७ : कालीकोटमा १९ हजार ४०२ बालबालिकालाई कोभिड–१९ विरुद्धको मोडर्ना खोपको पहिलो मात्रा लगाइएको छ।  लक्ष्यभन्दा ३७२  थप बालबालिकालाई सो खोप लगाइएको...
कालीकोटमा १९ हजार बालबालिकाले लगाए कोभिड–१९ विरुद्धको खोप
फाइल तस्बिर

मान्म, पुस २७ : कालीकोटमा १९ हजार ४०२ बालबालिकालाई कोभिड–१९ विरुद्धको मोडर्ना खोपको पहिलो मात्रा लगाइएको छ।  

लक्ष्यभन्दा ३७२  थप बालबालिकालाई सो खोप लगाइएको हो । यही पुस १२ गतेदेखि सञ्चालन गरिएको खोप अभियान जिल्लाका नौवटा स्थानीय तहका ८२ वटा वडाका विभिन्न १४२ वटा विद्यालय तथा स्वास्थ्य संस्था सञ्चालन गरिएको जिल्ला जनस्वास्थ्य कार्यालयले जनाएको छ । 

कार्यालयका सूचना अधिकारी कटकबहादुर मतले भने, ‘१२ देखि १७ वर्ष उमेर समूहका शत्प्रतिशत बालबालिकालाई कोभिड–१९ विरुद्धको मोडर्ना खोप दिएका छौँ ।  खोप नियमित रुपमा लगाउने व्यवस्था गरेका छौँ ।’

जिल्लामा गत २०७७ माघदेखि हालसम्म विभिन्न चरणमा गरी ७० हजार ५४२ जना नागरिकलाई पहिलो र २९ हजार ३७५ जनालाई कोभिड–१९ विरुद्धको दोस्रो मात्रा खोप लगाएको उनले जानकारी दिए।  खोप नलिएका १८ वर्षमाथिका  नागरिकलाई  भेरोसेलको पहिलो मात्रा खोपसमेत लगाइने व्यवस्था गरिएकोे सूचना अधिकारी  महतले जानकारी दिए।

प्रकाशित मिति: १५:११ बजे, मंगलबार, पुस २७, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्