Kathmandu Press

कर्णाली प्रदेशसभाको नवौं अधिवेशन आह्वान

कर्णाली, पुस २७ : कर्णाली प्रदेशसभाको नवौं अधिवेशन आह्वान गरिएको छ। प्रदेशसभा सचिवालयले भोलि पुस २८ गतेका लागि अधिवेशन आह्वान गरेको हो। नेपालको संविधानको धारा...
कर्णाली प्रदेशसभाको नवौं अधिवेशन आह्वान

कर्णाली, पुस २७ : कर्णाली प्रदेशसभाको नवौं अधिवेशन आह्वान गरिएको छ। प्रदेशसभा सचिवालयले भोलि पुस २८ गतेका लागि अधिवेशन आह्वान गरेको हो। 

नेपालको संविधानको धारा १८३ को उपधारा (१) बमोजिम कर्णाली प्रदेश प्रमुख तिलक परियारले प्रदेशसभाको नवौं अधिवेशन आह्वान गर्ने निर्णय भएअनुसार पुस २८ गतेका लागि दिउसो ३ बजे प्रदेशसभाको बैठक बोलाइएको प्रदेशसभा सचिवालयका कानुन अधिकृत मदन खड्काले जानकारी दिए।

उनकाअनुसार कर्णाली प्रदेशसभा नियमावली २०७४ को नियम ३ को उपनियम ३ बमोजिम प्रदेशसभा सदस्यलाई सूचना गरिएको छ। यसअघि मुख्यमन्त्री जीवनबहादुर शाहीको विश्वासको मत लिने प्रयोजनका लागि गत मङ्सिर १४ बोलाइएको बैठक प्रतिपक्षी दल नेकपा (एमाले) उपस्थिति नभएका कारण यसको भोलिपल्ट मङ्सिर १४ गते प्रदेशसभा बैठक बसालिएको थियो। 

प्रकाशित मिति: १३:३८ बजे, मंगलबार, पुस २७, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्