Kathmandu Press

स्वतन्त्रता दिवसमा रक्तदान र स्वास्थ्य शिविर

गण्डकी, पुस २७ : भारतको ७५औँ स्वतन्त्रता दिवसका अवसरमा भारतीय राजदूतावास पेन्सन वितरण कार्यालय पोखराले सोमबार रक्तदान र निःशुल्क स्वास्थ्य शिविर आयोजना गरेको छ। भारतीय...
स्वतन्त्रता दिवसमा रक्तदान र स्वास्थ्य शिविर

गण्डकी, पुस २७ : भारतको ७५औँ स्वतन्त्रता दिवसका अवसरमा भारतीय राजदूतावास पेन्सन वितरण कार्यालय पोखराले सोमबार रक्तदान र निःशुल्क स्वास्थ्य शिविर आयोजना गरेको छ। 

भारतीय पेन्सन क्याम्प रामबजारमा आयोजित रक्तदान कार्यक्रममा १११ पिन्ट रगत सङ्कलन गर्नुका साथै मुख, दाँत परीक्षण, रक्तअल्पता, क्यान्सर र स्वास्थ जीवनयापनका लागि जीवनशैलीसम्बन्धी सचेतना कार्यक्रम आयोजना गरिएको थियो ।

Hardik ivf

भारतीय पेन्सन क्याम्प पोखराका प्रमुख कर्णेल शशाङ्क त्रिपाठीले कार्यक्रमको शुभारम्भ गर्दै भुतपूर्व सैनिकको सेवाका साथै रचनात्मक क्रियाकलापमा क्याम्पबाट निरन्तर सहयोग रहने विश्वास व्यक्त गरे । क्याम्पमा आवद्ध चिकित्सकद्वारा बिरामीको स्वास्थ्य परीक्षण गर्नुका साथै निःशुल्क औषधिसमेत वितरण गरिएको थियो ।

कार्यक्रममा रक्तसञ्चार केन्द्र पोखराका प्रमुख अर्जुन ज्ञवाली, रक्तदान अभियानकर्मी सराङकोट बहुउद्देश्यीय सहकारीका अध्यक्ष कृष्णबहादुर थापा, गोर्खा क्युनिटी समूहका अध्यक्ष चोकबहादुर गुरुङ, उपाध्यक्ष दिलमाया गुरुङ, विज्ञापन बोर्डका अधिकृत हरिनारायण गौतम, पेन्सन वितरण कार्यालयका भरतभूषण पाण्डे, चेतबहादुर खत्रीलगायतले रक्तदानकको महत्व एवं उपादेयतामाथि चर्चा गरेका थिए। 

प्रकाशित मिति: १०:३३ बजे, मंगलबार, पुस २७, २०७८
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्