७० लाख लगानीमा गौरादहमा खुल्यो फुटसल
काठमाडौं, पुस २६ : शहरी क्षेत्रमा चर्चित फुटसल झापाको गौरादह नगरपालिकामा पनि सञ्चालनमा आएको छ । ७० लाख रुपैयाँ निर्माण गरिएको फुटसल शनिबारबाट...
काठमाडौं, पुस २६ : शहरी क्षेत्रमा चर्चित फुटसल झापाको गौरादह नगरपालिकामा पनि सञ्चालनमा आएको छ । ७० लाख रुपैयाँ निर्माण गरिएको फुटसल शनिबारबाट औपचारिक रुपमा सञ्चालनमा आएको हो ।
औपचारिक रुपमा गत शनिबार उद्घाटन भएपनि गौरादह फुटसल एक साताअघिदेखि नै सञ्चालनमा थियो। फुटसल दुई युवा व्यवसायी अर्जुन खड्का र सन्तोष विष्टले सञ्चालनका ल्याएका हुन्।
फाइभ ए साइड फुटलसमा खेल्ने प्रतिव्यक्ति ६५ देखि १ सय रुपैयाँसम्म लाग्ने बताइएको छ। फुटसल जुनसुकै समय खेल्न सकिने सञ्चालक अर्जुन खड्काले बताए।
प्रकाशित मिति: २०:२४ बजे, सोमबार, पुस २६, २०७८
प्रतिक्रिया दिनुहोस्
थप समाचार











