नेकपा एमाले पर्वतको अध्यक्षमा पौडेल
काठमाडौं, पुस २६ : नेकपा एमाले पर्वतको अध्यक्षमा राजु पौडेल निर्वाचित भएका छन् । शुक्रबारदेखि सुरु भएको नवौँ पर्वत जिल्ला अधिवेशनबाट सर्वसम्मतरुपमा पौडेलको...
काठमाडौं, पुस २६ : नेकपा एमाले पर्वतको अध्यक्षमा राजु पौडेल निर्वाचित भएका छन् । शुक्रबारदेखि सुरु भएको नवौँ पर्वत जिल्ला अधिवेशनबाट सर्वसम्मतरुपमा पौडेलको नेतृत्वमा जिल्ला कार्यसमिति चयन गरेको हो ।
जिल्ला अध्यक्ष पदमा अन्य नेताहरुले पनि दाबी गरेतापनि चार दिन देखिको प्रयास पछि सोमबार सहमति जुटेसँगै पौडेलको अध्यक्षतामा जिल्ला कार्यसमिति निर्विरोध भएको हो ।
पौडेल यसअघि नेकपा एमाले प्रदेश कमिटी सदस्य बनेका थिए भने हाल महाशिला गाउँपालिकाका अध्यक्ष समेत हुन । त्यसै गरी उपाध्यक्षमा फलेवास नगरपालिकाका प्रमुख एवं हालका जिल्ला सचिव पदम पाणी शर्मा, सचिवमा गोविन्द पहारी,सहसचिवमा शिव पौडेल र विमल लामिछाने निर्वाचित भएका छन् ।
पर्वत जिल्ला कार्यसमितिका ९० जना पदाधिकारी नै सर्वसम्मत चयन गरिएको निर्वाचन कमिटीले जनाएको छ ।
प्रकाशित मिति: २०:१६ बजे, सोमबार, पुस २६, २०७८
प्रतिक्रिया दिनुहोस्
थप समाचार












