पिएम कप : एपिएफ र बागमती विजयी
काठमाडौं, पुस २६ : प्रधानमन्त्री कप टि–२० क्रिकेट प्रतियोगितको पहिलो दिन विभगाीय टिम एपिएफ र बागमती प्रदेश पनि विजयी भएका छन्। सोमबार कीर्तिपुर...
काठमाडौं, पुस २६ : प्रधानमन्त्री कप टि–२० क्रिकेट प्रतियोगितको पहिलो दिन विभगाीय टिम एपिएफ र बागमती प्रदेश पनि विजयी भएका छन्। सोमबार कीर्तिपुर मैदानमा भएको खेलमा एपिएफले प्रदेश २ माथि २४ रनको जित निकाल्यो भने मुलपानी क्रिकेट मैदानमा बागमतीले लुम्बिनी प्रदेशलाई ४९ रनले हरायो।
पहिला ब्याटिङ गर्दै एपिएफले दिएको १६४ रनको विशाल लक्ष्य पछ्याएको प्रदेश २ ले २० ओभरमा ९ विकेट गुमाउँदै १३९ रन मात्र बनाउन सक्यो । उसका लागि हरिशंकर शाहले ३६ रन रन बनाए भने युवा ब्याट्सम्यान आदिल आलमले सर्वाधिक ३५ रन बनाए पनि अन्यले गतिलो योगदान नदिँदा प्रदेश २ पराजित भयो।
एपिएफका लागि कमलसिंह ऐरी, अभिनाश बोहरा र भुवन कार्कीले २–२ विकेट लिए । टियु क्रिकेट मैदानमा टस जितेर ब्याटिङ गरेको एपिएफले निर्धारित ओभरमा ५ विकेटको क्षतिमा १६३ रन बनायो । उसका लागि ओपनरदद्वय आशिफ शेख र प्रदीप ऐरीले अर्धशतकीय योगदान दिए । आसिफले ४५ बलमा ३ चौका र ५ छक्का प्रहार गर्दै ६३ रन बनाउँदा प्रदीपले प्रदीपले ४८ बलमा ९ चौकासहित ६० रन बनाए।
यी दुई पहिलो विकेटका लागि १४.२ ओभरमा १२० रनको साझेदारी गरेका थिए । यस्तै, सन्दीप जोरा १७ रन बनाए । प्रदेश २ का रुपेश सिंहले ४ विकेट लिए । यसैगरी सोमबार नै मुलपानीमा भएको दोस्रो खेलमा बागमती प्रदेशले लुम्बिनी प्रदेशमाथि ४९ रनको सहज जित निकाल्यो। बागमतीले दिएको ११५ रनका सामान्य लक्ष्य पछ्याएको लुम्बिनी १५.४ ओभरमा ६५ रनमै अलआउट भयो। लुम्बिनीका कप्तान कृष्ण कार्कीले सर्वाधिक १६ रन बनाउँदा बासिर अहमदले ११ रनको बनाए।
अन्य ब्याट्सम्यानले भने दोहोरो अंकमा स्कोर बनाउन सकेनन्। लुम्बिनीलाई सस्तैमा समेट्ने क्रममा बागमतीका ३ ओभरमा ११ रन खर्चदै ३ विकेट लिए भने रामनरेश गिरीले २ ओभरमा २ मेडनसहित २ रन मात्र खर्चे खर्चेर २ विकेट लिए। यस्तै, सुवास खत्री र तिलक भण्डारीले पनि २ विकेट लिए।
यसअघि सुवास खकुरेलको अर्धशतकीय योगदान मद्दतमा बागमतीले ७ विकेटको क्षतिमा ११४ रन बनायो । सुवासले ५३ बल खेल्दै ३ चौका र २ छक्का प्रहार गर्दै ५२ रन बनाए । यस्तै, कप्तान ज्ञानेन्द्र मल्लले १९ र इशान पाण्डेले १३ रन बनाए । लुम्बिनीका दुर्गेश गुप्ता र अनिल खरेलले समान २ विकेट लिए।











