Kathmandu Press

सुदूरपश्चिम प्रादेशिक महोत्सव स्थगित

कैलाली, पुस २६ : अत्तरिया उद्योग वाणिज्य सङ्घले यही पुस २७ गतेदेखि माघ ९ गतेसम्म कैलालीको अत्तरियामा आयोजना गर्न लागेको ‘सुदूरपश्चिम प्रादेशिक महोत्सव’ स्थगित...
सुदूरपश्चिम प्रादेशिक महोत्सव स्थगित

कैलाली, पुस २६ : अत्तरिया उद्योग वाणिज्य सङ्घले यही पुस २७ गतेदेखि माघ ९ गतेसम्म कैलालीको अत्तरियामा आयोजना गर्न लागेको ‘सुदूरपश्चिम प्रादेशिक महोत्सव’ स्थगित गरिएको छ।

उद्योग वाणिज्य सङ्घले आज विज्ञप्ति जारी गर्दै कोरोनाको सङ्क्रमण बढ्दै गएकाले महोत्सव स्थगित गरिएको जनाएको छ। कोभिड–१९ तीव्र रुपमा फैलिन गएकाले महोत्सव स्थगित गरिएको सङ्घका अध्यक्ष अशोकराज देवकोटाद्वारा जारी विज्ञप्तिमा उल्लेख छ।

महामारी बढ्दै गएकाले महोत्सव कोरोना फैलाउने स्थल नबनोस् भनेर स्थगित गरिएको उनको भनाइ छ । 

प्रकाशित मिति: १८:३९ बजे, सोमबार, पुस २६, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्