‘ए’ डिभिजन लिग पुलिस र ब्रिगेड बोइजले खेले बराबरी
काठमाडाैं, पुस २६ : सहिद स्मारक ए डिभिजन लिगमा विभागीय टिम नेपाल पुलिस क्लब बराबरीमा रोकिएको छ। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको खेलमा पुलिस क्लब....jpg)
काठमाडाैं, पुस २६ : सहिद स्मारक ए डिभिजन लिगमा विभागीय टिम नेपाल पुलिस क्लब बराबरीमा रोकिएको छ। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको खेलमा पुलिस क्लब ब्रिगेड बोइज क्लबसँग १-१ गोलको बराबरीमा रोकिएको हो।
खेलमा ब्रिगेड बोइजका रोशन राना मगरले गोल गरेका थिए भने पुलिसका बुद्ध तामाङले गरेका थिए। दुवै गोल सुरुवाती चार मिनेटभित्रै सम्भव भएको थियो।
ब्रिगेड बोइजले खेको दोस्रो मिनेटमै अग्रता लियो। उसका रोशन राना मगरको गोल गरेका थिए। तर, दुई मिनेट नबित्दै पुलिसले बराबरी गोल फर्कायो। चौथो मिनेटमा पुलिसका बुद्ध तामाङले गोल गरेको थिए।
त्यसपछि खेलमा दुवै टिमले गोलका केही अवसर सिर्जना गरे पनि गोल गर्न नसक्दा खेल बराबरीमा सकियो। बराबरीपछि ८ खेलमा ७ अंक जोड्दै पुलिस ११ औं स्थानमा यथावत छ। ब्रिगेड बोइज ६ अंक जोड्दै १२ औं स्थानमा छ।
प्रकाशित मिति: १८:१० बजे, सोमबार, पुस २६, २०७८
प्रतिक्रिया दिनुहोस्
थप समाचार











