Kathmandu Press

वरिष्ठ साहित्यकार भट्टको निधन

कञ्चनपुर, पुस २६ : सुदूरपश्चिमका वरिष्ठ साहित्यकार वासुदेव भट्ट (भाइसाब) को ७८ वर्षको उमेरमा निधन भएको छ। भीमदत्त नगरपालिका–१८ कटानस्थित आफनै निवासमा आइतबार राति...
वरिष्ठ साहित्यकार भट्टको निधन
Hardik ivf

कञ्चनपुर, पुस २६ : सुदूरपश्चिमका वरिष्ठ साहित्यकार वासुदेव भट्ट (भाइसाब) को ७८ वर्षको उमेरमा निधन भएको छ। भीमदत्त नगरपालिका–१८ कटानस्थित आफनै निवासमा आइतबार राति उहाँको निधन भएको हो। साहित्यकार भट्ट लामो समयदेखि अस्वस्थ्य रहदै आएका थिए।
 
भट्टको निधनले सुदूरपश्चिमको लोक साहित्य र शिक्षा क्षेत्रका धरोहर गुमाएको सुदूरपश्चिम विश्वविद्यालय पूर्वव्यवस्थापन सङ्कायका डिन भारती जोशीले बताए। ‘साहित्यकार भट्टको लोक साहित्य र लोकसंस्कृति संरक्षणमा ठूलो योगदान रहेको छ,’ उनले भने, ‘सुदूरपश्चिमको लोक साहित्यमा गहिरो अभिरुचि राख्नेमा उहाँ अग्रपङ्क्तिमा हुनुहुन्थ्यो।’

सुदूरपश्चिमको साहित्य, शिक्षा, समाजसेवा, राजनीति र मानवाधिकारका क्षेत्रमा समेत भट्टको महत्वपूर्ण योगदान रहेको उनको भनाइ छ । सुदूरपश्चिम विश्वविद्यालय स्थापनामा समेत भट्टको ठुलो योगदान रहेको छ। भट्ट साहित्यकारका रुपमा मात्रै नभएर मानव अधिकारकर्मीका रुपमा समेत परिचित थिए। उनी महाकाली साहित्य सङ्गमका संस्थापक अध्यक्षसमेत रहेका थिए।

तत्कालीन सिद्धनाथ बहुमुखी क्याम्पसका सञ्चालक समितिका अध्यक्ष, महेन्द्र माविका पूर्वशिक्षक भट्टले लोक साहित्य र लोकसंस्कृतिबारे लामो समय कलम चलाउँदै आएका थिए । उनका दर्जनौं पुस्तक प्रकाशित छन् । भट्टको जन्म विसं २००० असार ५ गते बैतडीको दशरथचन्द नगरपालिका– ५ मा भएको थियो। 

प्रकाशित मिति: १५:५९ बजे, सोमबार, पुस २६, २०७८
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्