Kathmandu Press

डोटीमा ४७.९८ प्रतिशतलाई कोरोनाविरुद्धको खोप

डोटीमा ४७.९८ प्रतिशतलाई कोरोनाविरुद्धको खोप

डोटी, पुस २६ : डोटीका कुल ४७.९८ प्रतिशतले कोरोनाविरुद्धको दोस्रो खोप लगाएका छन् । 

जिल्ला स्वास्थ्य कार्यालयका अनुसार जिल्लामा एक लाख आठ हजार ९४ जनालाई खोप लगाउने लक्ष रहेकामा हालसम्म ९१ हजार ३४० जनाले पहिलो मात्रा लगाएका छन् भने ६१ हजार ४६२ जनाले दोस्रो मात्रा खोप लगाएका छन्। 

अठार वर्ष माथिमध्येका ७१.३१ प्रतिशतले खोपको पहिलो मात्रा र ४७.९८ प्रतिशतले दोस्रो मात्रा लगाएका जिल्ला स्वास्थ्य कार्यालयको तथ्याङ्कमा उल्लेख गरिएको छ। 

कार्यालयका सूचना अधिकारी अमरसिंह भाटका अनुसार १८ वर्षभन्दा माथिको लक्षित जनसङ्ख्यामध्ये ६६ हजार ६३२ जनाले अझै पूर्ण खोप लगाएका छैनन्। जिल्लामा खोपको मात्र पर्याप्त भए पनि धेरै जनाले दोस्रो मात्रा नलगाएको उनको भनाइ छ। 

प्रकाशित मिति: १४:४८ बजे, सोमबार, पुस २६, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्