Kathmandu Press

उज्ज्वल थापा फाउन्डेसन स्थापना

काठमाडौं, पुस २६ : नागरिक समानता र उद्यमशील समाज निर्माणमा क्रियाशील रहेका युवा नेता स्व उज्ज्वल थापाको स्मृतिमा उज्ज्वल थापा फाउन्डेसन स्थापना गरिएको छ। नीति...
उज्ज्वल थापा फाउन्डेसन स्थापना

काठमाडौं, पुस २६ : नागरिक समानता र उद्यमशील समाज निर्माणमा क्रियाशील रहेका युवा नेता स्व उज्ज्वल थापाको स्मृतिमा उज्ज्वल थापा फाउन्डेसन स्थापना गरिएको छ। 

नीति निर्माण, नेतृत्व विकास र अभियान सुदृढीकरणमा योगदानका निम्ति मानवीय क्षमता विकास गरी सहभागितामूलक, सहकार्यमा आधारित, दिगो र द्रुत सामाजिक रूपान्तरण हासिल गर्नु यस फाउण्डेसनको उद्देश्य रहेको छ । उज्ज्वल थापाको गत जेठ १८ गते कोभिडका कारण निधन भएको थियो। 

फाउन्डेसनमार्फत नेतृत्व विकासमा सहजीकरण गर्नेस स्थानीय, राष्ट्रिय एवं अन्तर्राष्ट्रिय नीति निर्माणमा योगदान पुर्‍याउने सामाजिक अभियान सञ्चालन गर्ने, नागरिकको चेतना बढाउने, न्यायपूर्ण समाज र राष्ट्र निर्माण गर्नेस उद्यमशीलताको प्रवद्र्धन गर्नेस पर्यावरणीय हितका क्षेत्रमा काम गर्नेस शिक्षा, स्वास्थ्य, कृषि, सूचना प्रविधिलगायत अन्य क्षेत्रको प्रवर्धन गर्ने लक्ष्य राखिएको फाउन्डेसनका अध्यक्ष एरिका अधिकारीले जानकारी दिए।

फाउन्डेसनको स्थापना गर्नु अगाडि उज्ज्वलका परिवार, साथी तथा शुभेच्छुकहरूले उज्ज्वलको उपचारका लागि विभिन्न देशबाट झण्डै तीन हजार जनाले प्रदान गरेको रकमबाट उपचार खर्च कटाएर बचेको रु ४२ लाखभन्दा बढी रकम विभिन्न सात वटा गैरसरकारी÷गैरनाफामूलक संस्थालाई वितरण गरिएको उनले बताए। 

सर्लाहीको भोर नेपालस ललितपुरको हार्टबिट, कपिलवस्तुको मधेस ह्युमन राइट्स होम, काठमाडौंका नेपाल क्रिटिकल केयर डेभलपमेन्ट फाउन्डेसन तथा राष्ट्रिय आविष्कार केन्द्र, कालीकोटको ‘ओदा फाउन्डेसन’ तथा वीरगन्जको ‘सानो पाइला’ नामक संस्थालाई सो रकम प्रदान गरिएको पनि उनले जानकारी दिए। 

प्रकाशित मिति: १३:२१ बजे, सोमबार, पुस २६, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्