टानको अध्यक्षमा लोकतान्त्रिक समूहका खुमबहादुर विजयी
काठमाडौं, भदौ २१ : ट्रेकिङ एजेन्सिज एशोसिएशन अफ नेपाल (टान)को अध्यक्षमा लोकतान्त्रिक समूहका खुमबहादुर सुवेदी निर्वाचित भएका छन्।
....

काठमाडौं, भदौ २१ : ट्रेकिङ एजेन्सिज एशोसिएशन अफ नेपाल (टान)को अध्यक्षमा लोकतान्त्रिक समूहका खुमबहादुर सुवेदी निर्वाचित भएका छन्।
टानको ४१ औं वार्षिक साधारणसभासँगै नयाँ नेतृत्वका लागि भएको निर्वाचनमा अध्यक्षका अर्का प्रत्यासी अञ्जान थापा कुमारलाई ८३ मतले पराजित गर्दै सुवेदी अध्यक्षमा निर्वाचित भएका हुन्। निर्वाचन समितिका अनुसार सुवेदीले ५२१ मत ल्याए भने उनका प्रतिस्पर्धी थापाले ४३८ मत प्राप्त गरे।
सुवेदी प्रजातान्त्रिक समूह र थापा वामपन्थी समूहबाट प्यानलसहितको उम्मेदवारी घोषणा गरेका थिए। महासचिवमा भने थापा समूहकी सरिता लामा निर्वाचित भएकी छिन्। उनले सुवेदी समूहका कर्मा शेर्पालाई १३ मतले पराजित गरिन्।
नयाँ कार्य समितिको अन्य पदमा दुवै समूहका मिश्रित प्रतिनिधित्व भएको छ। सुवेदी समूहबाट वरिष्ठ उपाध्यक्षमा नवीन त्रिताल, प्रथम उपाध्यक्षमा चोलेन्द्रबहादुर कार्की, द्वितीय उपाध्यक्षमा भरत सापकोटा, सचिवमा थापा समूहका दामोदर ढकाल निर्वाचित भएका छन्।
त्यस्तै, कोषाध्यक्षमा सुवेदी समूहकी ऋतु ग्याम्दान र सहकोषाध्यक्षमा सूर्यकुमार श्रेष्ठ निर्वाचित भए। सदस्यमा थापा समूहकी ङिमादिकी शेर्पा निर्वाचित भइन्।
कार्यसमिति सदस्यमा थापा समूहका ठाकुर सापकोटा, प्रेमबहादुर लामा, मिङमातेन्जिङ शेर्पा, रामबहादुर गुरुङ र सुवेदी समूहका सनम शेर्पा, कान्छा शेर्पा, सिम्बर घले तथा सोनाम ग्याल्जेन शेर्पा विजयी भएका छन्। एक हजार ३ सय १९ मतदाता रहेको टान निर्वाचनमा जम्मा ९८१ मत खसेको थियो।










-1754206481.jpg)
