Kathmandu Press

नारायणी नदीको भङ्गालोमा नयाँ प्रजातिक चरा भेटियो

नवलपुर, पुस २६ :  यस वर्षको जलपक्षी गणनाका क्रममा नवलपरासी (बर्दघाट–सुस्तापूर्व)मा दुई प्रजातिका नयाँ चरा भेटिएका छन्। चितवन राष्ट्रिय निकुञ्ज पश्चिम सेक्टरका पक्षी गणना...
नारायणी नदीको भङ्गालोमा नयाँ प्रजातिक चरा भेटियो

नवलपुर, पुस २६ :  यस वर्षको जलपक्षी गणनाका क्रममा नवलपरासी (बर्दघाट–सुस्तापूर्व)मा दुई प्रजातिका नयाँ चरा भेटिएका छन्। 

चितवन राष्ट्रिय निकुञ्ज पश्चिम सेक्टरका पक्षी गणना संयोजक डीबी चौधरीले यस वर्ष नवलपुर क्षेत्रमा कालोटाउके गङ्गाचिल र  ग्रेटर हवाइट फन्टेड गुज नामक चरा भेटिएको जानकारी दिए। ‘यी दुई प्रजातिका चराहरु गतवर्षको पक्षी गणनामा भेटिएका थिएनन्, तर यसपालिको गणनामा नारायणी नदीको भङ्गालोमा भेटियो,’ उनले भने। चरा गणनाका क्रममा यस वर्ष नवलपुर क्षेत्रमा ३८ प्रजातिका जलपक्षी भेटिएको जनाइएको छ । 

Hardik ivf

गत वर्ष देखिएका विभिन्न १० प्रजाति चरा भने यस वर्ष देखा नपरेको उनले बताए । ‘चितवन राष्ट्रिय निकुञ्जको नवलपुर क्षेत्रमा गत वर्ष ४६ प्रजातिका चरा गणना भएका थिए,’ संयोजक चौधरीले भने, ‘यस वर्षको गणनामा हामीले सिम कुखुरा, सिन्दूरे हाँस, तपकिरी फटाकडी, सुइरोपुच्छ्रे«, सुनजुरे हाँस, ग्रेटर पेन्टेड स्निप, कमन स्निाप, कैलोटाउके हाँसलगायतका १० प्रजातिका चरा फेला पारेनौँ ।’ नवलपुरतर्फको चितवन राष्ट्रिय निकुञ्ज र नारायणी नदी तथा सिमसार क्षेत्रमा चार वटा समूह बनाएर चरा गणना गरिएको थियो। 

गत वर्षभन्दाको तुलनामा यसवर्ष चराको समग्र सङ्ख्यामा समेत धेरै कमी जनाइएको छ। साइबेरियालगायत उत्तरी गोलाद्र्धबाट चिसो छल्न यहाँ आउने पाहुना चरामध्ये यस वर्ष सबैभन्दा धेरै सङ्ख्यामा खोया हाँस देखिएका उनले बताए । गत वर्ष चरा गणनामा खोया हाँस ९३२ देखिएको थियो भने यस वर्षको गणनामा एक हजार २१० देखिएको हो। 

कुनै प्रजातिका चरा गतभन्दा बढी र कुनै प्रजातिका चरा गतवर्षको तुलनामा न्यून देखिएको चौधरीले बताए। चखेवाको सङ्ख्यामा यो वर्ष गिरावट आएको छ । गत वर्ष पाँच हजार ५९३ चखेवा गणना गरिएकोमा यस वर्ष चार हजार दुई मात्र गणना गरिएको थियो। 

निकुञ्जसहित नारायणी नदी र सिमसारमा पाइने रैथाने चराको सङ्ख्यामा भने खासै फरक नदेखिए पनि आगन्तुक चराको सङ्ख्यामा धेरैनै कमी आएको चौधरीले बताए। 

प्रकाशित मिति: १०:४५ बजे, सोमबार, पुस २६, २०७८
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्