Kathmandu Press

आजबाट मौसममा सुधार आउने, केही स्थानमा वर्षाको सम्भावना

काठमाडौं, पुस २६ : जल तथा मौसम विज्ञान विभागले आजबाट मौसममा सुधार आउने जनाएको छ। तैपनि केही स्थानमा भने वर्षा र हिमपातको सम्भावना...
आजबाट मौसममा सुधार आउने, केही स्थानमा वर्षाको सम्भावना

काठमाडौं, पुस २६ : जल तथा मौसम विज्ञान विभागले आजबाट मौसममा सुधार आउने जनाएको छ। तैपनि केही स्थानमा भने वर्षा र हिमपातको सम्भावना रहेको छ।

विभागको मौसम पूर्वानुमान महाशाखाका अनुसार आज बिहान पश्चिमी न्यून चापीय प्रणालीको प्रभावका कारण सुदूरपश्चिम प्रदेशको केही स्थानमा हल्का वर्षा भएको छ। प्रदेश १‚ प्रदेश २‚ बागमती‚ कर्णाली र सुदूरपश्चिमको मौसम सामान्य बदली भएको छ।

आज दिउसो पनि कर्णाली र सुदूरपश्चिम प्रदेशमा सामान्य बदली रही बाँकी प्रदेशमा आंशिक बदली रहनेछ। कर्णाली र सुदूरपश्चिम प्रदेश केही स्थान र बाँकी प्रदेशका एक–दुई स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ।

यस्तै, आज राति पनि उच्च पहाडी तथा हिमाली भू–भागका केही स्थानमा हल्कादेखि मध्यम हिमपातको सम्भावना रहेको महाशाखाको आकलन छ।

प्रकाशित मिति: ०८:४४ बजे, सोमबार, पुस २६, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्