Kathmandu Press

आजदेखि प्रधानमन्त्री कप शुरु हुँदै

काठमाडौं, पुस २६ : आजदेखि प्रधानमन्त्री कप टी-२० क्रिकेट हुन लागेको छ।नेपाल क्रिकेट संघ (क्यान) पाँचौ संस्करणको प्रधानमन्त्री कप आयोजना गर्न लागेको हो।...
आजदेखि प्रधानमन्त्री कप शुरु हुँदै

काठमाडौं, पुस २६ : आजदेखि प्रधानमन्त्री कप टी-२० क्रिकेट शुरु हुन लागेको छ।

नेपाल क्रिकेट संघ (क्यान) पाँचौ संस्करणको प्रधानमन्त्री कप आयोजना गर्न लागेको हो। यसअघि एकदिवसीय प्रतियोगिता हुने गरेको भए पनि यस पटक टी-२० प्रतियोगिता गर्न लागिएको हो।

Hardik ivf

अर्को महिना ओमनमा हुने टी-२० विश्वकप ग्लोबल क्वालिफायरलाई ध्यानमा राखेर प्रधानमन्त्री कपलाई टी२० फर्म्याटमा लगिएको क्यानले जनाएको छ। प्रधानमन्त्री कपमा राम्रो प्रदर्शन गर्ने खेलाडीलाई ग्लोबल क्वालिफायरका लागि राष्ट्रिय टोलीमा स्थान दिइने भएको छ।

माघ ५ गतेसम्म हुने प्रतियोगिताका खेलहरु कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदान र मुलपानी क्रिकेट मैदानमा हुनेछ। प्रतियोगितामा १० टोली सहभागी हुनेछ।

समूह 'ए' मा त्रिभुवन आर्मी क्लब, नेपाल पुलिस क्लब, कर्णाली प्रदेश, प्रदेश १ र सुदूरपश्चिम छन्। त्यस्तै, समूह 'बी' एपीएफ, लुम्बिनी, बागमती, गण्डकी र प्रदेश २ रहेका छन्।

प्रकाशित मिति: ०८:११ बजे, सोमबार, पुस २६, २०७८
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्