Kathmandu Press

देउखुरीमा बस दुर्घटना, नौ जना घाइते

दाङ, पुस २६ : पूर्वपश्चिम राजमार्गअन्तर्गत आज बिहान दाङको देउखुरीमा बस दुर्घटना भएको छ। दुर्घटनामा नौ जना यात्रु घाइते भएका छन्।वीरगञ्जबाट सुर्खेत जाँदै...
देउखुरीमा बस दुर्घटना, नौ जना घाइते

दाङ, पुस २६ : पूर्वपश्चिम राजमार्गअन्तर्गत आज बिहान दाङको देउखुरीमा बस दुर्घटना भएको छ। दुर्घटनामा नौ जना यात्रु घाइते भएका छन्।

वीरगञ्जबाट सुर्खेत जाँदै गरेको ना ५ ख २०६ नम्बरको बस बिहान साढे ३ बजे दुर्घटना भएको हो। दाङको राप्ती गाउँपालिका ५ दोलही खोला नजिक दुर्घटना भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।

दुर्घटनामा घाइते भएका यात्रुलाई उपचारका लागि लमहीमा प्राथमिक स्वास्थ्य केन्द्र लगिएको थियो। त्यहाँ उपचार हुन नसकेपछि बाँकेको नेपालगञ्ज लगिएको प्रहरीले जनाएको छ।

बिहान हुस्सु लागेका वेला तीव्र गतिमा रहेकाले दुर्घटना भएको हुन सक्ने प्रहरीको अनुमान छ।

प्रकाशित मिति: ०७:५५ बजे, सोमबार, पुस २६, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्