Kathmandu Press

वेल्सको जितमा बेलको निर्णायक गोल

काठमाडौं, भदौ २१ : ग्यारेथ बेलको निर्णायक गोलको मदतमा वेल्सले अजरवैजानलाई पराजित गरेको छ।

युरो छनोट अन्तर्गत गएराति भएको खेलमा वेल्सले ....

वेल्सको जितमा बेलको निर्णायक गोल

काठमाडौं, भदौ २१ : ग्यारेथ बेलको निर्णायक गोलको मदतमा वेल्सले अजरवैजानलाई पराजित गरेको छ।

युरो छनोट अन्तर्गत गएराति भएको खेलमा वेल्सले अजरवैजानलाई २–१ गोल अन्तरले पराजित गरेको हो। खेलको २६ औं मिनेटमा वेल्सले आत्मघातीको उपहारबाट अग्रता लिएको थियो।

अजरवैजानका पावेल पासावेले आत्मघाती गोल गरेपछि वेल्सले सुरुवाती अग्रता लिएको हो। खेलको ५९ औं मिनेटमा माहिर इमलीले गोल गर्दै खेल १–१ को बराबरीमा ल्याएका थिए।

तर, खेलको ८४ औँ मिनेटमा बेलले गोल गर्दै वेल्सलाई २–१ को जित दिलाए।

अजरवैजानविरुद्ध जित निकालेको वेल्सले युरो कपमा छनोट हुने सम्भावनालाई जिवितै राखेको छ।

समूह ‘ई’ मा रहेको वेल्सले ४ खेलबाट ६ अंक जोड्दै  तालिकाको तेस्रो स्थानमा उक्लिएको छ। पराजित भएको  अजरवैजानले भने खाता खोल्न सकेको छैन।

प्रकाशित मिति: ०८:१० बजे, शनिबार, भदौ २१, २०७६
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्