Kathmandu Press

भक्तपुरमा मास्क नलगाउनेलाई कारबाही गरिने

भक्तपुर, पुस २६ : कोरोना भाइरसको संक्रमण बढ्न थालेपछि भक्तपुरमा मास्कको प्रयोग अनिवार्य गरेको छ।जिल्ला विपद् व्यवस्थापन समितिको बैठकले मास्क अभियान सञ्चालन गर्ने...
भक्तपुरमा मास्क नलगाउनेलाई कारबाही गरिने

भक्तपुर, पुस २६ : कोरोना भाइरसको संक्रमण बढ्न थालेपछि भक्तपुरमा मास्कको प्रयोग अनिवार्य गरेको छ।

जिल्ला विपद् व्यवस्थापन समितिको बैठकले मास्क अभियान सञ्चालन गर्ने निर्णय गरेको छ। मास्क लगाउन नमान्नेलाई कारबाही गरिने भएको छ।

जिल्लाभरी मास्क अभियान सञ्चालन गर्न स्थानीय तहलाई अनुरोध गर्ने निर्णय भएको प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्माले बताइन्। उनका अनुसार सार्वजनिक यातायातका साधनमा मास्कलाई कडाई गर्ने निर्णय गरिएको छ।

त्यस्तै, घरबाहिर निस्किँदा अनिवार्य रुपमा मास्क लगाउन अभिप्रेरित गरिने भएको छ। यससँगै कोरोनाको खोप अभियानलाई पनि प्रभावकारी बनाउने निर्णय भएको उनले बताइन्।

 

प्रकाशित मिति: ०७:२१ बजे, सोमबार, पुस २६, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्