Kathmandu Press

ए डिभिजन लिगमा थ्री स्टारको जित

ए डिभिजन लिगमा थ्री स्टारको जित

काठमाडौं, पुस २५ : सहिद स्मारक ए डिभिजन लिगमा थ्री स्टार क्लब विजयी भएको छ। आइतबार त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको खेलमा थ्री स्टारले हिमालयन शेर्पा क्लबमाथि २–० को जित निकाल्यो । 

थ्री स्टारको जितमा जितमा अन्सुमाना क्रोमाहले एक गोल गरे भने अर्को गोल आत्मघाती भएको थियो। दुवै गोल दोस्रो हाफमा सम्भव भएको थियो।

पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलमा दोस्रो हाफमा आत्मघाती गोलमार्फत थ्री स्टारले अग्रता लियो । ५६औं मिनेटमा ऋतिक खड्काको प्रहार रोक्ने क्रममा अमृत श्रेष्ठले आफ्नै पोस्टमा गोल गरेका थिए । 

काउन्टर अट्याकमा इन्ज्युरी समयको छैठौं मिनेटमा अन्सुमाना क्रोमाहले गोल गरेपछि थ्री स्टार २–ले विजयी भयो । एक गोलले पछि परेपछि सुधारिएको खेल पस्किएको हिमालयन शेर्पाले थ्री स्टारलाई दबाबमा राखेपनि गोल गर्न नसक्दा पराजित हुन पुग्यो ।  

जितसँगै थ्री स्टार ८ खेलबाट १३ अंक जोडेर पाँचौ स्थानमा उक्लेको छ हिमालयन शेर्पा ११ अंक जोडेर छैटौं स्थानमा छ ।

प्रकाशित मिति: २०:३० बजे, आइतबार, पुस २५, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्