Kathmandu Press

भाषा र संस्कृतिको संरक्षणका लागि छिट्टै प्रज्ञा प्रतिष्ठान गठन गर्छाैँ : मुख्यमन्त्री राउत

जनकपुरधाम, पुस २५ : प्रदेश नं २ का मुख्यमन्त्री लालबाबु राउतले भाषा र संस्कृतिको संरक्षणका लागि प्रदेशमा छिट्टै प्रज्ञा–प्रतिष्ठान गठन गर्ने बताएका छन।...
भाषा र संस्कृतिको संरक्षणका लागि छिट्टै प्रज्ञा प्रतिष्ठान गठन गर्छाैँ : मुख्यमन्त्री राउत

जनकपुरधाम, पुस २५ : प्रदेश नं २ का मुख्यमन्त्री लालबाबु राउतले भाषा र संस्कृतिको संरक्षणका लागि प्रदेशमा छिट्टै प्रज्ञा–प्रतिष्ठान गठन गर्ने बताएका छन। विश्व हिन्दी दिवस २०२२ को अवसर पारेर भारतीय महावाणिज्य दूतावास वीरगञ्ज नेपालद्वारा आज जनकपुरमा आयोजित नेपाल र भारतको सांस्कृतिक सम्बन्धमा हिन्दीको योगदान विषय गोष्ठीमा मुख्यमन्त्री राउतले भने, 'हरेक भाषा र संस्कृतिको संरक्षणमा प्रदेश सरकार प्रतिबद्ध छ, सबै भाषा र संस्कृतिको संरक्षण संवद्र्धनका लागि छिट्टै प्रज्ञा–प्रतिष्ठान गठन गर्नेछौँ।' ऐन बनाएर त्यो सम्भव नभएकाले निर्देशिकामार्फत छिट्टै प्रज्ञा–प्रतिष्ठान गठन गरिने मुख्यमन्त्री राउतको भनाइ थियो।

सडक, पुल लगायत अन्य पूर्वाधार निर्माण गर्नु झैँ भाषा र संस्कृतिको संरक्षण गर्नु पनि विकासकै पाटो भएकाले प्रदेश सरकार संस्थागत निर्णय गरेरै भाषा र संस्कृतिको संरक्षण गर्ने मुख्यमन्त्री राउतले बताए।

Hardik ivf

पूर्व र पश्चिमलाई जोड्ने भाषा हिन्दी भएको उल्लेख गर्दै मुख्यमन्त्री राउतले नेपाल र भारतबीचको धार्मिक, सांस्कृतिक, आर्थिक र राजनीतिक सम्बन्धलाई जोड्ने काम हिन्दी भाषाले गरेको बताए। 'नेपालबाट नेपालीहरू भारत जाँदा त्यहाँ हिन्दीमै कुरा गर्छन्,' मुख्यमन्त्री राउतले भने, 'तराई मधेस होस् वा हिमाल पहाड सबैले मनोरञ्जनका लागि हिन्दीकै फिल्म हेर्छ, गीत सन्छन् र सिरियलहरु हेर्ने गर्छन्।' त्यसैले हामीसँग हिन्दी भाषासँग जोडिएका छौँ उनको कथन थियो।

नेपाल र भारतबीच सदिऔँदेखि सम्बन्ध रहेकाले यसलाई कुनै पर्खाल लगाएर र रेखा तान्ने सम्बन्ध भत्काउन नसकिने दाबी गर्दै मुख्यमन्त्री राउतले नेपालको हरेक राजनीतिक परिवर्तनमा मात्र होइन, सांस्कृतिक, धार्मिक र आर्थिक रुपमा पनि भारतको भूमिका रहेको चर्चा गरे।

कार्यक्रममा प्रदेश नं २ का सामाजिक विकासमन्त्री नवलकिशोर साहले नेपालमा नयाँ शिक्षा विधान बनाएर हिन्दू भाषालाई बहिष्कृत गरिएको बताए। हिन्दी भाषाले नेपाल र भारतबीचको सम्बन्धलाई प्रगाढ बनाएको बताउदै उनले हिन्दी भाषाको विषयमा नेपालमा अनावश्यक विवाद सृजना गर्ने काम भएको जिकिर गरे।

भारतीय महावाणिज्य दूतावास वीरगञ्जका महावाणिज्यदूत नितेश कुमारले विश्वमा सबैभन्दा बढी बोलिने भाषा हिन्दी रहेको भन्दै हिन्दी भाषालाई अन्तर्राष्ट्रिय भाषाका रूपमा विकास गर्न प्रत्येक वर्ष झैँ यस वर्ष पनि हिन्दी दिवसका अवसरमा कार्यक्रम आयोजना गरिएकोे बताए। भाषा, देश र समाजलाई जोड्ने महत्वपूर्ण माध्यम भएकाले भाषा र संस्कृतिको संरक्षणका लागि सबैको सहयोग आवश्यक रहेको बताए।

सो कार्यक्रममा वरिष्ठ साहित्यकार रामभरोस कापडी (भ्रमर), डा पशुपतिनाथ झाले हिन्दी भाषाले नेपाल र भारतबीचको धार्मिक र सांस्कृतिक सम्बन्धलाई मजबुत बनाउने कार्य गरेको भन्दै यसको संरक्षण र संवद्र्धन गर्नुपर्नेमा जोड दिए।

कार्यक्रममा साहित्यकारहरू डा रेवतीरमण लाभ, हिमांशु चौधरी, अयोध्यानाथ चौधरी, विजय दत्त (मणि), प्रेम देव (ललन), मधुकर लाभ र चन्द्रशेखर राय (चमन) लगायतले हिन्दी भाषाको संरक्षण विषयमा आ–आफ्नो कविता वाचन गरे। सो अवसरमा मुख्यमन्त्री राउत र सामाजिक विकासमन्त्री नवलकिशोर साहले विभिन्न स्रष्टाहरूलाई दोसल्ला ओढाएर सम्मान गरे।  

प्रकाशित मिति: २०:२५ बजे, आइतबार, पुस २५, २०७८
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्