Kathmandu Press

हाजार्डविनाको बेल्जियमको सहज जित

काठमाडौं, भदौ २१ : युरो कप छनोटको खेलमा बेल्जियमले सान मारिनोमाथि सानदार जित हात पारेको छ। 

गएराति भएको खेलमा इडेन हाजार्डविना मैद....

हाजार्डविनाको बेल्जियमको सहज जित

काठमाडौं, भदौ २१ : युरो कप छनोटको खेलमा बेल्जियमले सान मारिनोमाथि सानदार जित हात पारेको छ। 

गएराति भएको खेलमा इडेन हाजार्डविना मैदान उत्रिएको बेल्जियमले सान मारिनोलाई ४–० गोल अन्तरले पराजित गरेको हो।

खेलको ४३ औं मिनेटमा मिकी बत्सुवाईले पेनाल्टीमार्फत गोल गर्दै बेल्जियमलाई सुरुवाती अग्रता दिलाए। खेलको ५७ औँ मिनेटमा ड्राइस मार्टिनेजले  गोल गर्दै बेल्जियमको अग्रता दोब्बर बनाए।

नासर चार्डिलीले ६३ औँ मिनेटमा गोल गरेपछि बेल्जियमले ३–० को अग्रता लिएको थियो। खेलको इन्जुरी समयमा बात्सुवाईले व्यक्तिग दोस्रो तथा टोलीका लागि चौथो गोल गर्दै बेल्जियमलाई सहज जित दिलाए।

समूह ‘आई’ मा रहेको बेल्जियमको ५ खेलबाट १५ अंक भएको छ भने ऊ तालिकाको शीर्ष स्थानमा छ।  
 

प्रकाशित मिति: ०७:५९ बजे, शनिबार, भदौ २१, २०७६
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्