Kathmandu Press

देशको विकासका लागि विज्ञको ज्ञान सदुपयोग गर्नुपर्छ : पूर्व प्रधानमन्त्री भट्टराई

काठमाडाैं, पुस २५ : पूर्वप्रधानमन्त्री डा बाबुराम भट्टराईले मुलुकको विकासका लागि राजनीतिक नेतृत्वले विज्ञको ज्ञान, सीप र अनुभवलाई सदुपयोग गर्नुपर्ने बताएका छन। राष्ट्रिय...
देशको विकासका लागि विज्ञको ज्ञान सदुपयोग गर्नुपर्छ : पूर्व प्रधानमन्त्री भट्टराई

काठमाडाैं, पुस २५ : पूर्वप्रधानमन्त्री डा बाबुराम भट्टराईले मुलुकको विकासका लागि राजनीतिक नेतृत्वले विज्ञको ज्ञान, सीप र अनुभवलाई सदुपयोग गर्नुपर्ने बताएका छन। राष्ट्रिय व्यापार सङ्घको १७औँ साधारणसभा एवम् नवौँ अधिवेशनको आज उद्घाटन गर्दै उनले मुलुकको नेतृत्व गर्ने राजनीतिक दलले भएको बताउँदै राजनीतिक नेतृत्वले विज्ञसँग भएको ज्ञान, सीप र अनुभवलाई लिएर अगाडि बढ्नुपर्ने बताए। 'मुलुकमा राजनीतिक व्यवस्था फेरिए पनि आर्थिक, प्रशासनिक, सुरक्षा, न्यायलयजस्ता निकाय पुरानो ढङ्गले सञ्चालन हुँदा देशले सोचेको जस्तो विकासको गतिलाई अगाडि बढाउन सकेन,'  उनले भने।

उनले कृषि, उद्योग र सेवाका क्षेत्रको उचित सन्तुलन मिलाउने र छिमेकीहरूमा आएको परिवर्तनलाई आत्मासात् गरेर राजनीतिक नेतृत्व अघि बढे मुलुकमा छिटोभन्दा छिटो विकास र समृद्धि हुने उल्लेख गरे। पूर्वप्रधानमन्त्री डा भट्टराईले कर्मचारीमा मुलुकलाई समृद्ध बनाउने जनशक्ति भएको उल्लेख गर्दै त्यसलाई परिचालन गरेर अघि बढ्न राजनीतिक नेतृत्वले ध्यान दिनुपर्ने बताए। अर्थतन्त्रको विकासका लागि व्यवसायीहरूले पनि मुलुकलाई समृद्ध बनाउने अभियानमा जोड दिनुपर्ने उनको भनाइ थियो।

Hardik ivf

पूर्वसचिव कृष्णहरि बाँस्कोटाले अर्थमन्त्री, योजना आयोगका उपाध्यक्ष र राष्ट्र बैंकका गभर्नरबीच एकापसमा सहकार्य हुन नसक्दा मुलुकको अर्थतन्त्रले गति लिन नसकेको बताए। 'कोभिड–१९ ले थला परेका व्यवसायीलाई आफ्नो कार्य क्षेत्रबाट पलायन हुन नदिन विश्वका कैयौँ मुलुकले करमा छुट दिएका छन्, नेपालले पनि यस्ता कार्यहरू पछ्याउन सके व्यवसायीलाई केही राहत हुन सक्थ्यो,' उनले भने। पूर्वसचिव बाँस्कोटाले चीनसँग व्यापार गर्ने व्यवसायीले नाकामा ठूलो समस्या भोग्नुपरेको भन्दै व्यापार सहजको वातावरण निर्माणका लागि सरकारले पहल चाल्नुपर्ने बताए।

नेपाल चेम्बर अफ कमर्सका पूर्वउपाध्यक्ष कमलेश अग्रवालले व्यवसायीलाई आफ्नो व्यवसायबाट पलायन हुन नदिन सरकारले नयाँ नीति ल्याउनुपर्ने बताए।

प्रकाशित मिति: १९:३४ बजे, आइतबार, पुस २५, २०७८
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्