Kathmandu Press

सबै पालिकामा आइसोलेशन वार्ड बनाउन पत्राचार गरिएको छ : मन्त्री खड्का

सुदूरपश्चिम, पुस २५ : सुदूरपश्चिम प्रदेशका सामाजिक विकासमन्त्री लालबहादुर खड्काले कोरोना भाइरस नियन्त्रणका लागि प्रदेश सरकार लागिपरेको बताएका छन। आज कञ्चनपुरको गड्डाचौकीमा रहेको...
सबै पालिकामा आइसोलेशन वार्ड बनाउन पत्राचार गरिएको छ : मन्त्री खड्का

सुदूरपश्चिम, पुस २५ : सुदूरपश्चिम प्रदेशका सामाजिक विकासमन्त्री लालबहादुर खड्काले कोरोना भाइरस नियन्त्रणका लागि प्रदेश सरकार लागिपरेको बताएका छन। आज कञ्चनपुरको गड्डाचौकीमा रहेको अस्थायी होल्डिङ सेन्टर र कोरोना परीक्षणस्थलको अनुगमन गर्दै मन्त्री खड्काले सुदूरपश्चिमका ८८ वटै पालिकामा २५ शय्याको आइसोलेशन वार्ड बनाउन पत्राचार गरिएको बताए।

'प्रदेशले प्रशासनमार्फत स्थानीय पालिकामा आइसोलेशन बनाउन पत्राचार गरिसकेको छ,' उनले भने, 'नाकामा परीक्षण व्यस्थित ढङ्गले भइरहेको छ।'

Hardik ivf

उनले गम्भीर खालका सङ्क्रमितलाई सेती र महाकाली प्रादेशिक अस्पतालमा रहेको कोरोना अस्पतालमा राखेर उपचारको प्रबन्ध मिलाइएको बताए। 'सङ्क्रमित र सामान्य लक्षण भएकालाई होल्डिङ सेन्टरमा राखिनेछ,' उनले भने, 'भारत आवतजावत गर्न यो नाका सहज भएकाले देशभरिका नागरिकले प्रयोग गर्दा स्वाभाविक रुपले जोखिम र सङ्क्रमण बढी देखिएको हो।'

मन्त्रीसहितको टोलीले यहाँको भगतपुरमा निर्माण भइरहेको होल्डिङ सेन्टर र महाकाली प्रादेशिक अस्पतालको समेत स्थलगत अनुगमन गरेको छ। होल्डिङ सेन्टर निर्माणको जिम्मेवारी पाएको हनुमान कन्सट्रक्सनका प्रतिनिधि लक्ष्मण सापकोटाले होल्डिङ सेन्टरको ९० प्रतिशत काम सकिएको दाबी गरे।

एक हजार शय्याको होल्डिङ सेन्टरमा तीन सय शय्या तयारी अवस्थामा राखिसकिएको उनले बताए। यद्यपि होल्डिङ सेन्टर कसले सञ्चालनमा ल्याउने भन्ने विषय टुङ्गो लागिसकेको छैन। होल्डिङ सेन्टरमा सडक ग्राभेल, बिजुलीलगायत संरचना निर्माणका लागि ध्यान नपुगेको सापकोटाको भनाइ छ।

पछिल्लो साता गड्डाचौकी नाकाबाट स्वदेश फर्किनेहरुमा कोरोना सङ्क्रमण बढ्न थालेसँगै सङ्क्रमण समुदायस्तरमा फैलिने जोखिम बढेको छ। आइतबार मात्रै यहाँ दुई भारतीयसहित १६ जनामा नाकामा सङ्क्रमण देखिएको स्वास्थ्य कार्यालय कञ्चनपुरले जनाएको छ।

प्रकाशित मिति: १९:१६ बजे, आइतबार, पुस २५, २०७८
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्