Kathmandu Press

प्रज्ञा, ललितकला, संगीत-नाट्यले सँगै मनाउन थाले एकता दिवस

काठमाडाैं, पुस २५ : उपत्यकाका विभिन्न प्रतिष्ठानले राष्ट्रनिर्माता पृथ्वीनारायण शाहको ३००औं जन्मजयन्ती तथा राष्ट्रिय एकता दिवस संयुक्त कार्यक्रम सुरु गरेका छन्। नेपाल प्रज्ञा–प्रतिष्ठान,...
प्रज्ञा, ललितकला, संगीत-नाट्यले सँगै मनाउन थाले एकता दिवस

काठमाडाैं, पुस २५ : उपत्यकाका विभिन्न प्रतिष्ठानले राष्ट्रनिर्माता पृथ्वीनारायण शाहको ३००औं जन्मजयन्ती तथा राष्ट्रिय एकता दिवस संयुक्त कार्यक्रम सुरु गरेका छन्। नेपाल प्रज्ञा–प्रतिष्ठान, नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठान, नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा–प्रतिष्ठान र सांस्कृतिक संस्थानले तीनदिने कार्यक्रम घोषणा गरी आजदेखि राष्ट्रिय एकता दिवस मनाउन सुरु गरेको हो। 

पहिलो दिन आज नेपाल प्रज्ञा–प्रतिष्ठानमा आयोजक संस्थाबाट प्रकाशित पुस्तकहरुको प्रदर्शनी सुरु गरिएको छ। प्रदर्शनी एक हप्तासम्म चल्ने नेपाल प्रज्ञा–प्रतिष्ठानका कुलपति गंगाप्रसाद उप्रेतीले जानकारी दिनुभयो । सोही दिवसको सन्दर्भ पारेर आज नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठानमा दोस्रो कार्यक्रमस्वरूप ललितकला  प्रदर्शनीसमेत सुरु गरिएको छ। उक्त प्रदर्शनी पनि एक हप्तासम्म जारी रहने प्रतिष्ठानका कुलपति कान्छाकुमार कर्माचार्यले जानकारी दिए। 

Hardik ivf

प्रदर्शनीमा १३४ कलाकारका सिर्जना राखिएको कार्यक्रम संयोजक प्रतिष्ठानका प्राज्ञ परिषद् सदस्य सुष्मा राज भण्डारीले जानकारी दिए। उक्त प्रदर्शनीमा मूर्त–अमूर्त, यथार्थवादी, प्रतीकात्मक, समसामयिक तथा मिथिला कला समावेश छ। चित्रकला प्रदर्शनीले सांस्कृतिक विविधता भएको नेपालको एकतालाई प्रतिनिधित्व गरेको प्रतिष्ठानका प्राज्ञ परिषद् सदस्य रमेशनाथ खनालको प्रतिक्रिया छ। 

चारवटै संस्थाको संयुक्त आयोजनाका भएको कला प्रदर्शनीको उद्घाटन समारोहमा नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठानका उपकुलपति गोपाल चित्रकारले राष्ट्रिय एकता दिवस जस्तै अन्य कार्यक्रममा पनि सहकार्य बढाउनुपर्नेमा जोड दिए।

नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा–प्रतिष्ठानका कुलपति नारायणभक्त श्रेष्ठले आज प्रदर्शनीमा राखिएका चित्रले राष्ट्रिय एकतालाई जोड दिएको बताए। यद्यपि यहाँ प्रदर्शित चित्रमध्ये दुई÷चारबाहेक पृथ्वीनारायण शाह र राष्ट्रिय एकताको सन्देश दिने खालका सिर्जना भने देखिँदैन। समारोहमा प्रतिष्ठानका सदस्यसचिव विपिनकुमार घिमिरेले प्रदर्शनीका बारेमा जानकारी दिएका थिए।

नेपाल प्रज्ञा–प्रतिष्ठानका कुलपति उप्रेतीले हरेक प्रतिष्ठानले आआफ्नै विधागत रूपमा काम गरिरहेको जानकारी दिँदै सोहीअनुसार कार्यक्रम घोषणा गरी एकता दिवस मनाउन थालिएको बताए। उनका अनुसार सोमबार प्रतिष्ठानमा राष्ट्रिय एकताका प्रतीक पृथ्वीनारायण शाहले राष्ट्र एकीकरण गरेको बेला समुदायको भूमिका के थियो भन्ने विषयमा छलफल कार्यक्रम राखिएको छ। 
    
यस्तै, मङ्गलबार बिहान प्रतिष्ठानबाट बाजा र सांस्कृतिक झाँकीसहितको ¥याली निकालिने र सिंहरदबार अगाडि रहेको पृथ्वीनारायण शाहको शालिकमा माल्यार्पण गर्ने कार्यक्रम छ। यस्तै, सोही दिन दिउँसो ३ बजेदेखि राष्ट्रिय नाचघरमा विविध सांस्कृतिक कार्यक्रम आयोजना हुने जनाइएको छ। 

प्रकाशित मिति: १८:१० बजे, आइतबार, पुस २५, २०७८
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्