Kathmandu Press

चितवनमा प्रेस चौतारीको सातौँ अधिवेशन उद्घाटन सम्पन्न 

चितवन, पुस २५ : प्रेस चौतारी नेपाल चितवनको सातौँ जिल्ला अधिवेशनको उद्घाटन सत्र आज यहाँ सम्पन्न भएको छ । सो अवसरमा प्रेस चौतारीका केन्द्रीय...
चितवनमा प्रेस चौतारीको सातौँ अधिवेशन उद्घाटन सम्पन्न 

चितवन, पुस २५ : प्रेस चौतारी नेपाल चितवनको सातौँ जिल्ला अधिवेशनको उद्घाटन सत्र आज यहाँ सम्पन्न भएको छ । सो अवसरमा प्रेस चौतारीका केन्द्रीय अध्यक्ष गणेश बस्नेतले पत्रकार महासङ्घमा शुद्धिकरण गर्नुपर्नेमा जोड दिए।

शुद्धिकरण यहीँबाट थाल्न अनुरोध गर्दै उनले भने, “शुद्धिकरण गर्न यहीँबाट थाल्नुहोस् । कतिपय मतदाता देख्दा पनि ग्लानी हुन्छ ।”  शुद्धिकरण अभियानमा प्रेस चौतारीले सहयोग गर्ने उनको भनाइ थियो । 
    
कार्यक्रममा प्रतिनिधिसभा सदस्य कृष्णभक्त पोख्रेल, प्रेस चौतारीका उपमहासचिव एवं वाग्मती प्रदेश इन्चार्ज हिरामान लामा, प्रेस चौतारीका केन्द्रीय सदस्य प्रतिमा सिलवाल, नेपाल पत्रकार महासङ्घ चितवनका अध्यक्ष नारायण अधिकारी, नेपाल प्रेस युनियन चितवनका अध्यक्ष अनिल ढकाल, प्रेस सेन्टर चितवनका उपाध्यक्ष राजेन्द्र आचार्य, उद्योग वाणिज्य सङ्घ चितवनका पूर्वाध्यक्ष डा तिलचन्द्र भट्टराई लगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए।

Hardik ivf

सो अवसरमा डा शारदा तिलचन्द्र पत्रकारिता पुरस्कारबाट जनक अर्याल र द्वारिका नेपाल पत्रकारिता पुरस्कारबाट नारायण सापकोटा सम्मानित भएका छन् । पत्रकार अर्याल नगद रु २० हजार र सापकोटा नगद रु ११ हजार १११ बाट सम्मानित भएका हुन्।

सोही अवसरमा नेपाल पत्रकार महासङ्घ चितवन शाखामा प्रेस चौतारीबाट प्रतिनिधित्व गर्दै हालसम्म निर्वाचित हुनुभएका अध्यक्षहरू, यसै वर्ष महासङ्घमा निर्वाचित भएका  चौतारीका सदस्यहरू, स्मारिका प्रकाशन समितिका सदस्यहरू लगायतलाई सम्मान गरिएको थियो । आजै हुने बन्दसत्रले नयाँ नेतृत्व चयन गर्ने चौतारी जिल्ला संयोजक सुभाष पण्डितले जानकारी दिए। 

प्रकाशित मिति: १७:५५ बजे, आइतबार, पुस २५, २०७८
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्