Kathmandu Press

कैलाली​​​​​​​मा ध्वनि प्रदूषण घटाउन मोटरसाइकलकाे साइलेन्सर हटाइँदै

कैलाली, पुस २५ : जिल्ला ट्राफिक प्रहरी कार्यालयले ध्वनि प्रदूषण हटाउन मोटरसाइकलका साइलेन्सर हटाउने अभियान थालेको छ। स्वरुप परिवर्तन गरी ठूलो आवाजसहित मोटरसाइकल चलाउनेलाई...
कैलाली​​​​​​​मा ध्वनि प्रदूषण घटाउन मोटरसाइकलकाे साइलेन्सर हटाइँदै

कैलाली, पुस २५ : जिल्ला ट्राफिक प्रहरी कार्यालयले ध्वनि प्रदूषण हटाउन मोटरसाइकलका साइलेन्सर हटाउने अभियान थालेको छ। स्वरुप परिवर्तन गरी ठूलो आवाजसहित मोटरसाइकल चलाउनेलाई कारवाही गर्न थालिएको छ। 

जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रहरी निरीक्षक वकिल सिंहका अनुसार सो अभियानअन्तर्गत हालसम्म ३२ मोटरसाइकल चालकलाई कारवाही गरिएको छ।

उनीहरुको मोटरसाइलको साइलेन्सरसमेत परिवर्तन गरिएको छ। ‘सवारी साधनमा कम्पनीका पाटपुर्जा मापदण्डविपरीत परिवर्तन गरी प्रयोग गर्न नपाइने नियम भए पनि त्यसो गर्ने गरिएको पाइएको छ,’ उनले भने, ‘मोटरसाइकल तीव्र गतिमा कुदाउँदा दुर्घटनाको जोखिम बढ्नुका साथै ध्वनि प्रदूषण हुने गरेको छ।’

मोटरसाइकलको साइलेन्सर परिवर्तन गरेर चालकलाई सम्झाइबुझाइ पठाउने गरिएको सिंहको भनाइ छ। सम्झाउने र कारबाही गर्ने काम सँगसँगै थालिएको छ। कार्यालयले कम्पनीको मापदण्डविपरीत सवारी साधनको स्वरुप परिवर्तन गरी नचलाउन सबैमा अनुरोधसमेत गरेको छ।

प्रकाशित मिति: १४:०२ बजे, आइतबार, पुस २५, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्