Kathmandu Press

५५ हजारलाई चैतभित्र घरमै स्वच्छ खानेपानी

काभ्रे, पुस २५ : आउँदो चैत महिनाभित्र काभ्रेपलाञ्चोकको तेमाल क्षेत्रका ५५ हजार स्थानीयवासीलाई घरघरमा स्वच्छ खानेपानी पुर्‍याइने भएको छ।गत मंसिरमा खानेपानी आयोजनाको काम...
५५ हजारलाई चैतभित्र घरमै स्वच्छ खानेपानी

काभ्रे, पुस २५ : आउँदो चैत महिनाभित्र काभ्रेपलाञ्चोकको तेमाल क्षेत्रका ५५ हजार स्थानीयवासीलाई घरघरमा स्वच्छ खानेपानी पुर्‍याइने भएको छ।

गत मंसिरमा खानेपानी आयोजनाको काम सक्ने लक्ष्य लिइए पनि कोरोना र प्राकृतिक प्रकोप खेप्नुपर्दा उपभोक्ताको घर–घरमा खानेपानी उपलब्ध गराउन 

तेमाल बृहत खानेपानी आयोजना कोरोनाको पहिलो र दोस्रो लहरका साथै गत साउनमा सुनकोसी नदीमा आएको बाढीले मुहान क्षेत्रमा क्षति पुर्‍याउँदा करिब एक वर्ष पछि धकेलिएको हो। उपभोक्ता समितिले अबको तीन महिनापछि घरघरमा खानेपानी पुर्‍याउने गरी आयोजनाको मर्मतलयातका काम भइरहको जनाएको छ।

Hardik ivf

‘आउँदो चैतभित्र खानेपानी उपलब्ध गराउने उद्देश्यका साथ काम भइरहेको छ,’ समितिका अध्यक्ष सङ्ग्रामजित लामाले भने। उनका अनुसार आयोजनाको काम करिब अन्तिम चरणमा पुगेको छ।

आयोजनाको ९८ प्रतिशत काम सकिएको जनाइएको छ। हाल मुहानलाई थप सुरक्षित गरी पुरानै अवस्थामा फर्काएर पानी प्रशोधनको काम भइरहेको लामाले बताए। उनका अनुसार १२ ट्यांकमा पानी परीक्षण भइसकेको छ भने थप ११ ट्यांकीमा परीक्षणको काम भइरहेको छ। साथै, प्रशोधन केन्द्रदेखि वितरण ट्यांकीसम्मको पाइपमासमेत पानी परीक्षण भइसकेको जनाइएको छ।

लामाका अनुसार उक्त आयोजनाबाट तेमाल क्षेत्रका ५५ हजार स्थानीयवासीलाई खानेपानी उपलब्ध हुनेछ। लिफ्टिङ प्रविधिबाट यो खानेपानी आयोजना सञ्चालन गरिनेछ।

यसको मुहान सुनकोसी नदीकिनारमा छ। यो वर्षको पहिलो बाढीले तेमाल खानेपानीको मुहान रहेको स्थान तेमाल गाउँपालिका–२ र ३ को सिमाना सुनकोसी नदी किनार चुखाबेंसीमा कटान सुरु गरेको थियो ।

त्यससँगै यही साउन १७ र १९ गतेको बाढीले क्षति पुर्‍याएपछि आयोजनाको मुहान क्षेत्रमा निर्माण गरिएको लिफ्टिङ ट्याङ्कको जोखिमलाई सुरक्षित गरिएको हो । ‘यो वर्षको अनपेक्षित बाढीले खानेपानीको मुहान क्षेत्रमा लाखौँको पु¥याएको थियो, हामीले मर्मत, पुनःनिर्माण तथा सुरक्षित बनाउने सकेका छौं,’ लामाले भने।

उनका अनुसार बाढीले आयोजनाको रु. साठी  लाखभन्दा बढी क्षति पुर्‍याएको थियो भने करोडौंका संरचनालाई जोखिम पुर्‍याएको थियो। तेमाल क्षेत्रका नौ हजार ३ सय १० परिवारका करिब ५५ हजार नागरिकका लागि खानेपानी आयोजना सञ्चालन गरिएको हो।

तेमाल क्षेत्रअन्तर्गत तेमाल गाउँपालकाको नौ वडा, नमोबुद्ध नगरपालिकाको ३, ४ र ५ तथा रोशी गाउँपालिकाको सात नम्बर वडाका बासिन्दाले उक्त खानेपानी उपभोग गर्न पाउने भएका हुन्। आयोजनाको काम सकेसम्म छिटो सक्नेगरी कामलाई तीव्रता दिइएको संघीय खानेपानी तथा ढल व्यवस्थापन आयोजना भक्तपुरका प्रमुख राजेन्द्र श्रेष्ठले बताए। उनले भने, ‘आउँदो चैतभित्र घरघरमा खानेपानी पु¥याउन हामी खटिरहेका छौं।’

२०७२ असारमा सम्झौता भएको आयोजनाको काम गतसाल मङ्सिरमा सक्ने लक्ष्य राखिए पनि कारोना महामारीका कारण कामको निरन्तरता नहुँदा तथा बाढीले संरचनामा क्षति पुर्‍याउँदा केही धकेलिएको हो। लामाका अनुसार हाल खानेपानी वितरणको पाइपलाइन विछ्याइने कार्यसकेत अन्तिम चरणमा पुगेको छ।

‘विपद्ले नरोके आउदो चैतभित्र खानेपानी वितरण गर्नेगरी तीव्रगतिमा काम गरिरहेका छौं,’ उनले भने। भूकम्पलगत्तै खानेपानीका मूल सुक्दै गएपछि तेमालका केही बासिन्दा विस्थापित हुने तरखरमा थिए तर बृहत खानेपानी आयोजनाले रोकेको बताइन्छ। 

याङ्बेल डाँडामा चार लाख लिटर क्षमताका दुई मुख्य ट्याङ्की निर्माण गरिएको छ। नेपाल सरकार, खानेपानी विभागमार्फत रु एक अर्ब २७ करोड, गाउँपालिकाको एक प्रतिशत र स्थानीय उपभोक्ताले नौ प्रतिशत जनश्रमदानमा सञ्चालन गरिएको आयोजनामध्ये दुई चरणमा सुनकोसी नदीबाट १२ किलोमिटरको उचाईमा लिफ्टिङ गरी खानेपानी उपलब्ध गराइने संरचना बनिसकेका छन्। 

प्रकाशित मिति: १३:५९ बजे, आइतबार, पुस २५, २०७८
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्