Kathmandu Press

पिएम कप राष्ट्रिय क्रिकेट : सुदूरपश्चिमको टोली घोषणा, समेटिए आर्मीका राजु रिजाल

पिएम कप राष्ट्रिय क्रिकेट : सुदूरपश्चिमको टोली घोषणा, समेटिए आर्मीका राजु रिजाल
फाइल तस्बिर

बैतडी, पुस २५ : प्रधानमन्त्री कप सिनियर पु्रुष राष्ट्रिय क्रिकेट प्रतियोगिताका लागि सुदूरपश्चिमको टोली घोषणा गरिएको छ। सन्तोष भट्टको कप्तानीमा १४ सदस्यीय टोली घोषणा गरिएको सुदूरपश्चिम प्रादेशिक प्रशिक्षक खेमराज भट्टले जानकारी दिए।  
    
कप्तानमा भट्टसँगै उपकप्तान शेर मल्ल, विकेटकिपर राजु रिजाल रहेका छन्। टोलीका अन्य सदस्यहरुमा खडक बोहरा, गजेन्द्र बोहरा, दिपक बोहरा, हेमन्त धामी, विकास आग्री, आदित्य महता, नारायण जोशी, वशन्त कार्की, अर्जुन साउँद, दिपक टमटा र कैलाश ऐर छन्।

विकेटकिपर रिजाल यसअघि आर्मीको टिममा थिए। यस्तै नरेन भट्ट, अनुराग सिंह, सत्यराज विष्ट र मिलन बोहरा वैकल्पिक खेलाडीका रुपमा छन्।

हालै सम्पन्न प्रदेशस्तरीय छनोट प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गरेका आधारमा खेलाडी छनोट गरिएको सुदूरपश्चिम प्रादेशिक क्रिकेट संघले जनाएको छ।  

नेपाल क्रिकेट सं3को आयोजनामा प्रधानमन्त्री कप राष्ट्रिय क्रिकेट प्रतियोगिता पुस २६ गतेदेखि काठमाडौंमा हुँदैछ। सुदूरपश्चिमले पहिलो खेल पुस २६ गते नेपाल पुलिस क्लबसँग खेल्दैछ। उक्त खेल मूलपानी क्रिकेट मैदानमा हुनेछ।  

प्रकाशित मिति: १३:३९ बजे, आइतबार, पुस २५, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्