Kathmandu Press

पाँचतारे होटलमा पनि नेपाली खाना राख्नुपर्नेमा जाेड

काठमाडाैं, पुस २५ : नेपाली खानालाई विश्वमाझ फैलाएर पर्यटन प्रवर्धन गर्न नेपालमा सञ्चालित पाँचतारे होटलहरुमा पनि नेपाली खानाको ‘मेनु’ राख्नुपर्नेमा जोड दिइएको छ। सेफ्स एसोसिएसन...
पाँचतारे होटलमा पनि नेपाली खाना राख्नुपर्नेमा जाेड

काठमाडाैं, पुस २५ : नेपाली खानालाई विश्वमाझ फैलाएर पर्यटन प्रवर्धन गर्न नेपालमा सञ्चालित पाँचतारे होटलहरुमा पनि नेपाली खानाको ‘मेनु’ राख्नुपर्नेमा जोड दिइएको छ। 

सेफ्स एसोसिएसन अफ नेपालको नवौं अधिवेशनबाट निर्वाचित कार्यसमितिको शनिबार साँझ आयोजित ‘पदस्थापन, सम्मान तथा चियापान’ कार्यक्रममा नेपालका वरिष्ठ सेफहरुले नेपाली खानालाई विश्वमाझ फैलाउन नेपालका पाँचतारे होटलमा पनि नेपाली खानाको ‘मेनु’ राख्नुपर्ने बताएका हुन्।

कार्यक्रममा एशोसिएसनका नवनिर्वाचित अध्यक्ष श्यामबहादुर लामाले नेपालमा सञ्चालित सबै होटलमा नेपाली खानाको मेनु राखेर नेपाली खानालाई विश्वमाझ चिनाउनुपर्नेमा जोड दिए। ‘नेपाली खानालाई विश्वमाझ फैलाउने काम नेपाली सेफकै हो, यसका लागि होटल व्यवसायी र सेफ एकजुट भएर लाग्नुपर्छ,’ उनले भने।

Hardik ivf

अध्यक्ष लामाले आफ्नो कार्यकालमा नेपाली खानालाई देश विदेशमा प्रवद्र्धन गर्न सबै निकायसँग सहकार्य गरेर अगाडि बढ्ने प्रतिबद्धतासमेत व्यक्त गरे। सेफ्स एसोसिएसन अफ नेपालले होटल म्यानेजमेन्टसम्बन्धी पढाइ हुने कलेजका पाठ्यक्रममा पनि नेपाली खाना राख्नुपर्ने दबाब दिने उनको भनाइ थियो। 

२०५३ वैशाख २ गते स्थापना भएको एशोसिएसनले २०७२ मा सेफ्स एशोसिएसन फाउण्डेशन दर्ता गरी होटल तालिम प्रदान गर्दै आइरहेको छ।फाउन्डेसनका कार्यकारी निर्देशक रेशम लामाले हालसम्म ५०० भन्दा बढीलाई होटल तालिम प्रदान गरिसकिएको बताए।
    
एसोसिएसनले होटल म्यानेजमेन्ट पढेका विद्यार्थीलाई ‘फुड सेफ्टी’ र कार्यक्षेत्रको सुरक्षासम्बन्धी अल्पकालीन तालिमसमेत प्रदान गर्दै आएको छ।

कार्यक्रममा एशोसिएसनका पूर्व अध्यक्ष पुष्प थापामगर, जितबहादुर लामा, श्रीकृष्ण लामा, रत्नबहादुर थापा, गोविन्दनरसिंह केसी, श्रीराम अधिकारी, खड्गविक्रम लामालगायतले सीकेको सीपलाई हस्तान्तरण गर्दै नेपाली होटलमा नेपाली सेफ नै प्रयोग गर्ने वातावरण निर्माणमा एसोसिएसन लाग्नुपर्नेमा जोड दिए। 
    
एशोसिएसनको तथ्यांकअनुसार हाल नेपालका होटलमा ६० प्रतिशत नेपाली र ४० प्रतिशत विदेशी सेफ कार्यरत छन्।

एसोसिएसनको अध्यक्षमा लामा

एसोसिएसनको भर्खरै सम्पन्न नवौं अधिवेशनबाट श्यामबहादुर लामाको अध्यक्षतामा १७ कार्यसमिति निर्विरोध निर्वाचित गरेको हो।

दुईवर्षे कार्यकाल रहेको एसोसिएसनको प्रथम उपाध्यक्षमा ठाकुरप्रसाद पौडेल, उपाध्यक्षमा शिवहरि घिमिरे, महासचिवमा श्रीकृष्ण गजुरेल, सचिवमा हेमराज पौडेल र कोषाध्यक्षमा रामकृष्ण थापा निर्वाचित भएका छन्।

यस्तै सदस्यमा सुवर्णमान कर्माचार्य, विनोद तामाङ, राजकुमार लामा, सुनिल तामाङ, रामचन्द्र धरेल, दिपक ढुङ्गाना, प्रेम थापा, बद्री खड्का, उमेश भुवाई र रमेश श्रेष्ठ भएका छन्।

कार्यक्रममा नेपाली सेफको विकास र विस्तारमा महत्वपूर्ण भूमिका खेल्ने संस्था र एसोसिएसनका पूर्वध्यक्षहरुलाई सम्मान गरिएको थियो।

प्रकाशित मिति: १२:५४ बजे, आइतबार, पुस २५, २०७८
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्