Kathmandu Press

पदाधिकारी विवादमा मुछिएपछि गलेश्वर शिवालयको नेतृत्व परिवर्तन

म्याग्दी, पुस २५ ः बेनी नगरपालिका–९ स्थित जिल्लाको प्रमुख धार्मिक संस्था गलेश्वर शिवालय क्षेत्र विकास कोषका पदाधिकारी विवादमा मुछिएपछि विशेष अधिवेशनबाट नेतृत्व परिवर्तन...
पदाधिकारी विवादमा मुछिएपछि गलेश्वर शिवालयको नेतृत्व परिवर्तन

म्याग्दी, पुस २५ ः बेनी नगरपालिका–९ स्थित जिल्लाको प्रमुख धार्मिक संस्था गलेश्वर शिवालय क्षेत्र विकास कोषका पदाधिकारी विवादमा मुछिएपछि विशेष अधिवेशनबाट नेतृत्व परिवर्तन भएको छ। शनिबार भएको सातौँ विशेष अधिवेशन तथा १६ औं कार्यकारीसभाबाट माधवप्रसाद रेग्मीका अध्यक्षतामा चयन भएको समितिको उपाध्यक्षमा बमबहादुर पुन, सचिवमा बलबहादुर खत्री, कोषाध्यक्षमा कुमारी रोका रहेका छन्।

गत अधिवेशनबाट अध्यक्षमा निर्वाचित रुद्रबहादुर कार्कीको निधन भएको र उपाध्यक्ष भीमनाथ परालुलीले आफैँ पदाधिकारी भएको संस्थाका विरुद्ध उजुरी गरेर विवादमा तानिएपछि ज्येष्ठ सदस्यका हैसियतमा रेग्मीका अध्यक्षतामा विशेष अधिवेशन बोलाइएको हो।

Hardik ivf

सदस्यमा आशिका पुर्जा, रवीन्द्र कार्की, पूर्णबहादुर बानियाँ, मनोज पौडेल, पुण्य चोखाल, सुरेन्द्रराज शर्मा, टीकानन्द सुवेदी, धनप्रसाद रोका र हीराबहादुर बरुवाल चयन भएको कोषका कार्यालय सचिव राम बानियाँले जानकारी दिए। 

कोषका प्रमुख संरक्षकसमेत रहेका प्रमुख जिल्ला अधिकारी चिरञ्जीवी रानाले अख्तियार दुरुपयोग अनुसन्धान आयोग र गुठी संस्थानमा परेको उजुरी छानबिनका क्रममा पहिचान भएका कमजोरी सुधार गर्न विशेष साधारणसभा गर्नुपर्नेलगायत १३ बुँदे निर्देशन दिइएको बताए।

प्रजिअ रानाले कोषको विधान संशोधन गरेर समयसापेक्ष बनाउन, कोषको आम्दानीलाई धेरै सहकारीमा नराखी अक्षयकोष बनाएर बैंकमा राख्न, जडभरत संस्कृति माध्यमिक विद्यालय, अन्नक्षेत्र, राधाकृष्ण मन्दिर र गलेश्वर वृद्धाश्रमलाई कोषअन्तर्गत सञ्चालन गर्न निर्देशन दिए।

गलेश्वर मन्दिरको छानोलाई पित्तललाई छाइनुका साथै कालीगण्डकीको पानी तानेर स्नान गर्ने खानेपानी आयोजना निर्माण गर्नुलाई कोषले पछिल्लो एक वर्षको उपलब्धि मानेको छ। कोरोना महामारीका कारण कोषको आम्दानी घट्दा संस्कृति विद्यालय, अन्नक्षेत्र र ज्येष्ठ नागरिक आश्रम सञ्चालन गर्न समस्या भएको छ। 

दुई करोड ७० लाख ३७ हजार ७७४ बचत रहेको कोषले चालु आर्थिक वर्षका लागि रु तीन करोड ९४ लाख र आगामी आर्थिक वर्षका लागि रु १२ करोड १८ लाख ६० हजारको आयव्यय विवरण प्रस्ताव गरेको छ। साउनदेखि यता रु दुई करोड ९२ लाख १० हजार ९१ आम्दानी र रु २१ लाख ७२ हजार ३१७ खर्च भएको छ। यस वर्ष १०८ धारामा कालीगण्डकीको पानी तानेर स्नान गर्ने व्यवस्था मिलाउने योजना बनाएको छ।

कालीगण्डकी नदी किनारको नौ रोपनी क्षेत्रफलमा फैलिएको चट्टानमाथि अवस्थित गलेश्वर शिवालय क्षेत्र हिन्दू तथा बौद्ध धर्मावलम्बीको साझा तीर्थस्थल मुक्तिनाथको प्रवेशद्वार मानिन्छ। हिन्दू धर्मग्रन्थमा सतिदेवीको गला पतन भएर गलेश्वर नाम रहन गएको उल्लेख गरिएको यस मन्दिरमा साउन महिनाको सोमबार, बालाचतुर्दशी र शिवरात्रि पर्वमा विशेष मेला लाग्छ। 

प्रकाशित मिति: ११:३६ बजे, आइतबार, पुस २५, २०७८
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्