Kathmandu Press

जुम्लाका ७५ प्रतिशत बालबालिका पूर्णखोपको पहुँचमा

खलङ्गा, पुस २५ : जुम्लाको चन्दननाथ नगरपालिकाभित्रकाका ७५ प्रतिशत बालबालिकाले पूर्णखोप लगाएका छन् ।  सदरमुकाम खलङ्गामा आयोजित राष्ट्रिय खोप कार्यक्रम अभिमुखीकरण कार्यक्रममा नगर क्षेत्रमा...
जुम्लाका ७५ प्रतिशत बालबालिका पूर्णखोपको पहुँचमा

खलङ्गा, पुस २५ : जुम्लाको चन्दननाथ नगरपालिकाभित्रकाका ७५ प्रतिशत बालबालिकाले पूर्णखोप लगाएका छन् ।  

सदरमुकाम खलङ्गामा आयोजित राष्ट्रिय खोप कार्यक्रम अभिमुखीकरण कार्यक्रममा नगर क्षेत्रमा पूर्ण खोपका पहुँचमा सबै बालबालिकालाई ल्याउन अभिभावकले ध्यान दिन आग्रह समेत गरियो । 

Hardik ivf

कार्यक्रममा नगरप्रमुख कान्तिका सेजुवालले भनिन्, “नगरपालिकाभित्रका सबै स्वास्थ्य संस्थाबाट दिने सेवालाई छिटोछरितो बनाउन स्वास्थ्यकर्मीलाई निर्देशन दिइसकेका छौँ ।  नगरपालिकाका ९५ प्रतिशत बालबालिकालाई पूर्णखोप सुनिश्चित गर्न र कोरोनाको खोप लगाउन स्थानीयवासीलाई खोप केन्द्रमा सम्पर्क गर्न सूचित गरिसकेका छौँ , राज्यले पठाएको कोरोना खोपलाई सदुपयोग गर्नुपर्छ । ” 

आगामी दिनमा पनि युनिसेफ नेपालसँग सहकार्य र समन्वय गरेर अघि बढ्ने उनले बताइन्। बालबालिलाई खोप लगाउन सबै पक्षको सहयोग रहेको जनस्वास्थ्य कार्यालयका प्रमुख कृष्ण सापकोटाले जानकारी दिए।

जिल्लामा कोरोनाविरुद्धको खोप अभियान सञ्चालन भएको छ । सबै बालबालिकालाई पूर्णखोप लगाउनका लागि सरोकारवालाले खोपबारे जनचेतना फैलाउन अतिआवश्यक छ । खोप केन्द्रमा १२ वर्षदेखि १७ वर्षसम्मका बालबालिकालाई खोप दिइने भएकाले स्थानीय तहका खोप केन्द्रमा सम्पर्क गरी खोप लगाउन अनुरोध गरेको कार्यालयले जनाएको छ ।

राष्ट्रिय खोप ऐन २०७२ ले दिएको अधिकारलाई सदुपयोग गरी सबै बालबालिकालाई खोप सुनिश्चित हुनु अतिआवश्यक रहेको छ । खोपबाट बञ्चित हुन नदिनका लागि स्थानीय, सरकारदेखि सबै निकायको महत्वपूर्ण भूमिका रहेको युनिसेफ नेपालले जनाएको छ । 

राष्ट्रिय खोप निर्देशनालयका प्राविधिक सहायक कन्चन थापाले नेपाललाई पूर्णखोप घोषणा गर्ने अभियानअन्तर्गत सबै नागरिकलाई खोपको पहुँचमा ल्याउन विभिन्न कार्यक्रम सञ्चालन भइरहेको बताए । अझै जुम्लाका करिब १७ प्रतिशत बालबालिका विभिन्न खोपबाट बञ्चित भएकाले छुटेका बालबालिकालाई खोपको पहुँचमा ल्याउन जुम्लाका आठै स्थानीय तह जुट्नुपर्ने निर्देशनालयका प्राविधिक सहायक उनले बताए। अभिमुखीकरण कार्यक्रममा महिला स्वास्थ्य स्वयंसेविका, नगरपालिका जनप्रतिनिधि, शिक्षक, बालकल्व, सञ्चारकर्मी, स्वास्थ्यकर्मी र युनिसेफका कर्मचारीको सहभागिता थियो। 

प्रकाशित मिति: ११:२७ बजे, आइतबार, पुस २५, २०७८
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्