Kathmandu Press

काठमाडौंमा आजबाट राष्ट्रिय परिचयपत्र लिन सकिने

काठमाडौं, पुस २५ : काठमाडौंका आजदेखि सबै इलाका प्रशासन कार्यालय र स्थानीय तहबाट राष्ट्रिय परिचयपत्र लिन सकिने भएको छ।राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागले...
काठमाडौंमा आजबाट राष्ट्रिय परिचयपत्र लिन सकिने

काठमाडौं, पुस २५ : काठमाडौंका आजदेखि सबै इलाका प्रशासन कार्यालय र स्थानीय तहबाट राष्ट्रिय परिचयपत्र लिन सकिने भएको छ।

राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागले आजदेखि काठमाडौंका सबै इलाका प्रशासन कार्यालय र स्थानीय तहबाट राष्ट्रिय परिचयपत्रको सेवा लिन सक्ने व्यवस्था गरिएको जनाएको छ।

राहदानी विभागले विद्युतीय राहदानी लिन राष्ट्रिय परिचयपत्र नम्बर अनिवार्य गरेको छ। त्यसयता जिल्ला प्रशासन कार्यालय काठमाडौंमा परिचयपत्र लिनको भीड लाग्ने गरेको छ।

अहिले ७७ वटै जिल्ला प्रशासन कार्यालयमा विद्युतीय राहदानी लिन सकिने व्यवस्था गरिएको छ। यसअघि विद्युतीय राहदानी बनाउन काठमाडौं आउने सेवाग्राहीका लागि ललितपुर र भक्तपुरबाहेक सबै जिल्ला तथा प्रदेश २ का अत्यावश्यक सेवाग्राहीका लागि जिल्ला प्रशासन कार्यालय काठमाडौमा विवरण प्रविष्टका लागि आवश्यक व्यवस्था गरिएको थियो।

 

प्रकाशित मिति: ०८:१४ बजे, आइतबार, पुस २५, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्