Kathmandu Press

मुगुका आगलागी पीडितलाई सहयोग प्रदान

मुगु, पुस २५ : मुगुका आगलागीपीडित परिवारलाई सहयोग हस्तान्तरण गरिएको छ।मनकारी केही गैरसरकारी संस्था र व्यक्तिको सहयोगबाट प्राप्त खाद्यान्न तथा लत्ताकपडा लगायतका सामग्री...
मुगुका आगलागी पीडितलाई सहयोग प्रदान

मुगु, पुस २५ : मुगुका आगलागीपीडित परिवारलाई सहयोग हस्तान्तरण गरिएको छ।

मनकारी केही गैरसरकारी संस्था र व्यक्तिको सहयोगबाट प्राप्त खाद्यान्न तथा लत्ताकपडा लगायतका सामग्री आगलागीपीडितलाई हस्तान्तरण गरिएको हो।

Hardik ivf

गत कात्तिक २९ गते राति सदरमुकाम गमगढीको तल्लो बजारमा आगलागीमा २१ घर जलेर खरानी भएका थिए भने ती घरमा व्यवसाय गर्दै र भाडामा बस्दै आएकाहरूको व्यापारी तथा घरायसी सामान क्षति भएका थिए।

आगलागीपीडित परिवारमध्ये हाल आठ परिवार प्रदेश सरकारले उपलब्ध गराएको पालमा र अन्य व्यक्ति बजारमा भाडामा बस्दै आएका छन्। सहयोग हस्तान्तरण गर्न पीडितपरिवार बसेको पालमै पुगेका ददिराम कुमाई, मनमान बुढा र रजनी भामले सङ्कलित सामग्री हस्तान्तरण गरिएको छ। उनीहरुलाई प्रतिपरिवार ३० केजी चामल, कम्बल र म्याट वितरण गरिएको थियो।

छायाँनाथ रारा नगरपालिकाका उपप्रमुख सुन्तला रोकायाले पीडित परिवारलाई जिन्सी र  खाद्यान्नभन्दा अब घर निर्माणमा सहयोग पुग्ने निर्माण सामग्री र नगद सहयोगमा दाता तथा सरकारले प्रदान गर्न आग्रह गरे।

दावाछिरिङ लामाबाट २० हजार, दावाछिरिङ जिग्मे तोर्चे लामाबाट २० हजार, खारीगाउँका १३ घरबाट २७ हजार, मनमान बुढाबाट २० हजार बराबरको बत्ती सहयोग प्रदान गरे। यसैगरी एनसिएनएफ, एनसिएफ नेपालको आठ लाख बराबरको कम्बल, चामल र म्याट सहयोग गरेको समाजसेवी रजनी भामले जानकारी दिए। (रासस)

प्रकाशित मिति: ०७:५५ बजे, आइतबार, पुस २५, २०७८
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्