Kathmandu Press

वर्तमान गतिरोधलाई अन्त्य गर्न सबैको प्रयास केन्द्रित हुनुपर्छ : पूर्वराष्ट्रपति यादव

वर्तमान गतिरोधलाई अन्त्य गर्न सबैको प्रयास केन्द्रित हुनुपर्छ : पूर्वराष्ट्रपति यादव

काठमाडाैं, पुस २४ : पूर्वराष्ट्रपति डा रामवरण यादवले जनताको प्रतिनिधिले बनाएको संविधानमाथि पछिल्ला चार वर्षमा बारम्बार आक्रमण भइरहेको बताएका छन। आज यहाँ आयोजित कार्यक्रममा चन्द्रदेव जोशीद्वारा लिखित ‘माक्र्सवाद र विश्व कम्युनिष्ट आन्दोलन’ पुस्तकको विमोचन गर्दै उहाँले तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले जनप्रतिनिधिमूलक संस्था संसद् विघटन गरेर संविधानको मर्ममाथि प्रहार गरेको बताए। 'राष्ट्रपति र प्रधानमन्त्री मिलेर दुई–दुई पटक संविधानलाई खत्तम गर्न खोजियो, सदनमाथि आक्रमण गरियो,' उनले भने।

जनताको सङ्घर्षको बलमा जारी संविधानले खडा गरेका संस्थाले संविधानलाई जोगाउन पहल गर्नुपर्नेमा त्यसो हुन नसकेको उनको गुनासो थियो। 'यसलाई मजबुद बनाउनका साटो प्रहार गर्ने काम भयो,' गणतन्त्र नेपालका प्रथम राष्ट्रपति यादवले भने।

Hardik ivf

जिम्मेवार व्यक्तिबाट बारम्बार प्रहार गरिएको संविधान जोगाउन पाँच दल, नागरिक समाज, नेपाली जनता र अदालतले बचाएको बताए। पछिल्ला समय न्यायालयमा देखिएको विकृतिप्रति चिन्ता व्यक्त गर्दै उनले मुलुकमा सुखद् सङ्केत नदेखिएको बताए। 'अदालतमा यो स्थिति छ, संसद्मा त्यो स्थिति छ, यो व्यवस्थालाई बचाएर लैजान राष्ट्रपतिको के कर्तव्य छ, सरकारको के दायित्व छ? सरकारले राज्यको कार्यकारिणीको दायित्व छ, राजनीतिक दललाई एक ठाउँमा राखेर छलफल गरेर अदालतलाई कसरी चलाउने? प्रतिनिधिसभालाई कसरी अगाडि लैजाने? सम्पूर्ण समस्याको समाधान गर्ने थलोलाई बन्धक बनाएर राखिएको छ,' उनले भने।

उनले वर्तमान राजनीतिक गतिरोधलाई अन्त्य गर्र्दै उन्नत समाज निर्माणमा सबैको प्रयास केन्द्रित हुनुपर्ने बताए। राजनीतिक दलहरूमा देखिएको विचलन र भ्रष्टीकरणले नेपाली जनता सन्तुष्ट नभएको उनको भनाइ थियो। लोकतान्त्रिक र वामपन्थी शक्ति मिलेर नेपालमा राजनीतिक परिवर्तन भएको उनले बताए। पुस्तकमाथि डा इन्दिरा अधिकारी, डा हरि रोका र डा सुरेन्द्र केसीलगायतले समीक्षा गरेका थिए।

प्रकाशित मिति: १९:०४ बजे, शनिबार, पुस २४, २०७८
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्