Kathmandu Press

सुनको मूल्य एकैदिन १४ सय रुपैयाँले घट्यो

काठमाडौं, भदौ २० : लगातार बढ्दै गएको सुनको मूल्य शुक्रबार भने एक हजार चार सय रुपैयाँ घटेको छ। 

नेपाल सुनचाँदी महासंघका अनुसार छापा....

सुनको मूल्य एकैदिन १४ सय रुपैयाँले घट्यो

काठमाडौं, भदौ २० : लगातार बढ्दै गएको सुनको मूल्य शुक्रबार भने एक हजार चार सय रुपैयाँ घटेको छ। 

नेपाल सुनचाँदी महासंघका अनुसार छापावाला सुन तोलामा एक हजार चार सय रुपैयाँले घटेको हो। तेजाबी सुन र चाँदीको मूल्यमा पनि उच्च गिरावट आएको छ।

छापावाला सुन प्रतितोला ७२ हजार रुपैयाँमा कारोबार भएको छ। यसअघि बिहीबार ७३ हजार ४ सय रुपैयाँमा कारोबार भएको थियो।

त्यस्तै, तेजाबी सुनको मूल्य ७१ हजार ७०० रुपैयाँ तोकिएको छ। बिहीबार तेजाबी सुन प्रतितोला ७३ हजार १०० रुपैयाँमा कारोबार भएको थियो। 

यसैगरी, चाँदीको मूल्य पनि प्रतितोला ४० रुपैयाँले घटेर ९०० रुपैयाँमा काराबार भएको छ। चाँदी बिहीबार प्रतितोला ९४० रुपैयाँमा कारोबार भएको थियो।
 

प्रकाशित मिति: १७:०४ बजे, शुक्रबार, भदौ २०, २०७६
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्