सार्वजनिक बिदाको दिनमा चलाएको भन्दै सचिव ढुंगानाको गाडी कव्जामा
काठमाडौं, माघ १९ : नेपाल विद्यार्थी संघले प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सचिव शिशिरकुमार ढुंगाना चढ्ने गाडी नियन्त्रणमा लिएको छ।
काठमाडौं, माघ १९ : नेपाल विद्यार्थी संघले प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सचिव शिशिरकुमार ढुंगाना चढ्ने गाडी नियन्त्रणमा लिएको छ।
शनिबार सरकारी गाडी चलाउन नदिने अभियान सञ्चालन गरेको नेविसंघले काठमाडौंको लाजिम्पाटबाट सचिव ढुंगानाको बा १ झ ९९९५ नम्बरको गाडी नियन्त्रणमा लिएको हो।
'शनिबार सरकारी गाडीको दुरुपयोगत गर्न नदिने अभियान अनुसार सेतो नम्वर प्लेटको गाडीको साँचो लिएका हौ’ नेविसंघका केन्द्रीय सदस्य सुशील भट्टले भने, ‘नियन्त्रणमा लिएको गाडीमा कुनै भौतिक क्षति भएको छैन बेलुका साँचो ट्राफिक प्रहरीलाई बुझाउँछौं।’
नेविसंघले शनिबार नै भारतीय दूतावास नजिकबाट मे १ झ १५१ नम्बरको गाडी पनि नियन्त्रणमा लिएको छ।
नेविसंघका केन्द्रीय सदस्य भट्टसहित सुवास घिमिरे, निरञ्जन थापा, गणेश सापकोटा, सन्तोष गुरुङ, सुसान्त आचार्यलगायतले सरकारी गाडी नियन्त्रणमा लिएका हुन्।
शनिबार बिहान नेविसंघ कास्कीले पोखरा महानगरपालिकाको गाडीमा आगजनी गरेको छ। शनिबार नै संघले काठमाडौंको बुद्धनगरमा बा १ झ ७७१५ नम्बरको सरकारी गाडीमा आगजनी गरेका छन्।






