Kathmandu Press

‘रोजगारदाता र श्रमिकको सम्बन्ध सुमधुर नभए उद्योग फस्टाउँदैन’

दमाैली, पुस २४ : श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठले रोजगारदाता र श्रमिकको सम्बन्ध सुमधुर नभए उद्योग व्यवसाय फस्टाउन नसक्ने बताएका छन।...
‘रोजगारदाता र श्रमिकको सम्बन्ध सुमधुर नभए उद्योग फस्टाउँदैन’

दमाैली, पुस २४ : श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठले रोजगारदाता र श्रमिकको सम्बन्ध सुमधुर नभए उद्योग व्यवसाय फस्टाउन नसक्ने बताएका छन। तनहुँ उद्योग वाणिज्य सङ्घको आज आयोजित ३६औँ साधारणसभाको उद्घाटन गर्दै उनले रोजगारदाता र श्रमिक एकअर्काका परिपूरक रहेको चर्चा गरे।

श्रमिक र रोजगारदाताबीच आपसी समझदारी र सहकार्य नभए उद्योग क्षेत्र धारासायी बन्ने मन्त्री श्रेष्ठको भनाइ थियो। 'श्रमिक रहे रोजगारदाता रहन्छन्, रोजगारदाता रहे श्रमिकको घरमा चुल्हो बल्छ,' उनले भने, 'उद्योग फस्टाउन दुवैको उत्तिकै महत्वपूर्ण योगदान आवश्यक छ।'

Hardik ivf

मन्त्री श्रेष्ठले श्रमिक र रोजगारदाताको सम्बन्ध सुमधुर बनाउन सरकारका तर्फबाट खेल्न सक्ने भूमिका निर्वाह गर्ने प्रतिबद्धता व्यक्त गरे। 'रोजगारदाताका पनि आफ्नै समस्या छन्, बैंकको ऋण तिर्ने समस्या एकातिर हुन्छ, अर्कोतर्फ श्रमिकको पनि आफ्नै समस्या छन्', उनले भने, 'दुवैको सम्बन्ध नङ र मासुको जस्तो हुनुपर्छ।'

कोभिड–१९ ले उद्योगी व्यवसायीलाई आक्रान्त बनाएको उल्लेख गर्दै मन्त्री श्रेष्ठले कोभिडकै कारण लाखौँ श्रमिकले पनि रोजगारी गुमाएको उल्लेख गरे। रोजगारी गुमाएका श्रमिकलाई रोजगारीको व्यवस्थापन गर्नु सरकारको चुनौती रहेको उनको भनाइ थियो। उनले उद्योगी व्यवसायीलाई आवश्यक सीप प्रदान गर्न विभिन्न तालिम सञ्चालन गर्ने विषयमा आफू कटिबद्ध रहेको बताए।

उनले वैदेशिक रोजगारीमा देखिएका समस्या समाधानका लागि सुधारका काम सुरुआत भइसकेको बताए। सीपमूलक सीप प्रदान गर्नका लागि सातवटै प्रदेशमा तालिम केन्द्र र प्रदेशबाटै श्रम स्वीकृति लिन मिल्ने व्यवस्था गर्न लागिएको श्रेष्ठले जानकारी दिए।

कार्यक्रममा गण्डकी प्रदेशका आन्तरिक मामिलामन्त्री डोवाटे विश्वकर्माले उद्योगी व्यवसायीको सुरक्षाका लागि सरकार गम्भीर रहेको बताए। उनले लगानीको वातावरण सिर्जना गर्नका लागि आवश्यक नीति निर्माण गरिने बताए।

प्रदेशसभा सदस्य सरिता गुरुङ, जिल्ला समन्वय समितिका प्रमुख शान्तिरमण वाग्ले, व्यास नगरपालिकाका प्रमुख बैकुण्ठ न्यौपानेलगायतले उद्योग व्यवसाय फस्टाउन आवश्यक नीति निर्माणमा सहयोग गर्ने बताए। सङ्घका अध्यक्ष पवीन्द्रकुमार श्रेष्ठले युवालाई स्वरोजगार र महिलालाई उद्यमशील बनाउने खालका कार्यक्रम ल्याउन मन्त्री श्रेष्ठमार्फत सरकारको ध्यानाकर्षण गराएका थिए।

प्रकाशित मिति: १८:२७ बजे, शनिबार, पुस २४, २०७८
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्