Kathmandu Press

पात टिप्न गएकी महिलाको बाघको आक्रमणबाट मृत्यु

बाँके, पुस २४ : बाँकेमा बाघको आक्रमणबाट आज (शनिबार) एकजनाको मृत्यु भएको छ।मृत्यु हुनेमा राप्ती सोनारी गाउँपालिका–६ हब्रहवा बस्ने ३३ वर्षीया चाँदनी थारु रहेको...
पात टिप्न गएकी महिलाको बाघको आक्रमणबाट मृत्यु

बाँके, पुस २४ : बाँकेमा बाघको आक्रमणबाट आज (शनिबार) एकजनाको मृत्यु भएको छ।

मृत्यु हुनेमा राप्ती सोनारी गाउँपालिका–६ हब्रहवा बस्ने ३३ वर्षीया चाँदनी थारु रहेको प्हरीले जनाएको छ। उनी नजिकैको सदाबहार सामुदायिक वनमा अरू महिलाहरूसँग मिलेर सालको पात टिप्न गएकी थिइन्। सोही क्रममा बाघले आक्रमण गरेको प्रहरीको भनाइ छ।

उनको शव इलाका प्रहरी कार्यालय भगवानपुर र अस्थायी प्रहरी पोस्छट फत्तेपुरबाट खटिएको संयुक्त प्रहरी टोलीले जंगलमा फेला परेको थियो।

प्रकाशित मिति: १६:४८ बजे, शनिबार, पुस २४, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्