Kathmandu Press

ए डिभिजन लिगः पोखरामा मनाङको शान, मछिन्द्रले फ्रेन्ड्सलाई हरायो

काठमाडाैं, पुस २४ : जारी सहिद स्मारक ए डिभिडनमा शनिबार दिउँसो दुई खेल भए। एक खेल पोखरा रंगशालामा भयो भने अर्को दशरथ रंगशालामा।ती...
ए डिभिजन लिगः पोखरामा मनाङको शान, मछिन्द्रले फ्रेन्ड्सलाई हरायो

काठमाडाैं, पुस २४ : जारी सहिद स्मारक ए डिभिडनमा शनिबार दिउँसो दुई खेल भए। एक खेल पोखरा रंगशालामा भयो भने अर्को दशरथ रंगशालामा।

ती दुवै खेलमा उपाधि होडमा रहेका टिम विजयी भए। घरेलु मैदान पोखरा रंगशालामा मनाङ मर्स्याङ्दी क्लबले च्यासल युथ क्लबमाथि सानदरा जित निकाल्दा दशरथ रंगशालामा फ्रेन्ड्सलाई हराउन मछिन्द्रले आत्मघाती गोलको साहरा लियो। विदेशी स्ट्राइकर ओलावाले हाफिजको ह्याट्रिक मद्दतमा मनाङले पोखरामा च्यासल युथ क्लबमाथि ५-० को फराकिलो जित निकाल्यो।

योसँगै मनाङले घरेलु मैदानमा खेलेका तीनै खेलमा शतप्रतिशत जित निकाल्यो । मनाङको जितमा हाफिजको ह्याट्रिकसँगै एडिलाजा सोमिडे र दिनेश राजवंशीले पनि गोल गरे। मनाङले पहिलो हाफमा २ र दोस्रो हाफमा ३ गोल गरेको थियो । घरेलु मैदानमा मनाङले खेलको तेस्रो मिनेटमै अग्ता लियो। उसका सोमिडेले गोल गरेका थिए।

४३औं मिनेटमा हाफिजले गोलगरेपछि पहिलो हाफमा मनाङले २–०को अग्रता लियो। खेलको अअन्तिम ८ मिनेटमा मनाङ ३ गोल गर्दै सहज जित निकाल्यो । ८६ औं मिनेटमा दिनेशले गोल गर्दै मनाङलाई ३–० को अग्रता दिलाए। २ गोल इन्जुरी समयमा सम्भव भयो। इन्जुरी समयको तेस्रो मिनेटमा हाफिजले गोल गरेपछि मनाङ ४–०को सहजमा अवस्थामा आयो।

त्यसको एक मिनेटपछि नै हाफिजले नै गोल गर्दै टिमलाई ५–०को जित दिलाए भने आफ्नो ह्याट्रिक पनि पुरा गरे। जारी प्रतियोगितामा यो दोस्रो ह्याट्रिक हो। यसैगरी दशरथ रंगशालामा भएको खेलमा आत्मघाती गोल मद्दतमा मछिन्द्रले फ्रेन्ड्स क्लबमाथि १–०को महत्वपूर्ण जित निकाल्यो। ६७ औं मिनेटमा फ्रेण्ड्सका रोनेल एन्थोनी पउलले आतमघाती गोल गरेपछि मछिन्द्र विजयी भयो।

यो जितसँगै मछिन्द्रले आफूलाई शीर्ष स्थानमा कायमै राख्यो। उसले ८ खेलबाट २० अंक जोडेको छ। यता, दोस्रो स्थानको मनाङ १९ अंकका सथ दोस्रो स्थानमा छ। हारेका दुवै टिम च्यासल र फ्रेन्ड्स रेलिगेसन जोनमा छन्। च्यासल ५ अंकका साथ १३औं र फ्रेन्ड्स ३ अंकसहित १४औं स्थानमा छ।

प्रकाशित मिति: १६:१९ बजे, शनिबार, पुस २४, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्