Kathmandu Press

नाग्म-गमगढी सडक सञ्चालान नहुँदा खाद्यान्न दुवानीमा समस्या

जुम्ला, पुस २४ : जुम्लालगायत माथिल्लो कर्णालीमा गत पुस १४ गते परेको भारी हिमपातका कारण रोकिएको नाग्म-गमगढी सडक अझै खुल्न सकेको छैन। सडक नखुल्दा...
नाग्म-गमगढी सडक सञ्चालान नहुँदा खाद्यान्न दुवानीमा समस्या

जुम्ला, पुस २४ : जुम्लालगायत माथिल्लो कर्णालीमा गत पुस १४ गते परेको भारी हिमपातका कारण रोकिएको नाग्म-गमगढी सडक अझै खुल्न सकेको छैन। सडक नखुल्दा खाद्यान्न ढुवानी गर्न समस्या भएको छ।

मुगु र जुम्लाको सीमा क्षेत्र डाब, घुच्ची, बुलबेल, सातमोडलगायत सडक क्षेत्रमा बाक्लो हिउँ जमेर सवारी साधन चल्न कठिनाइ भएपछि खाद्यान्न ढुवानी गर्न कठिन भएको यहाँका व्यापारीहरु बताउँछन्। सडकमै बाक्लो हिउँ जमेपछि सवारीसाधन चल्न सकेका छैनन्। हिमपातले गर्दा खाद्यान्न ढुवानी रोकिएको खाद्य व्यवस्था तथा व्यापार कम्पनीका सूचना अधिकारी पुष्कर भाम बताउँछन्। 

Hardik ivf

उनी भन्छन्, ‘गोदाममा खाद्यान्न सकिँदै जान थालेको छ। हिमपातले सडक खुल्न सकेको छैन। समयमै सडक खुलाउने प्रयास हुन नसके खाद्यान्न अभाव हुन सक्ने देखिन्छ । हाल गमगढीस्थित मुख्य कम्पनीको गोदाममा पाँच सय क्विन्टल चामल मौज्दात छ।’

भारी हिमपातले गर्दा जिल्लामा खाद्यान्न अभावको संकेत देखा पर्न थालेको व्यापारीहरूको भनाइ छ। सुर्खेत, नेपालगञ्ज, बर्दिया, राजपुरदेखि सतहमार्गबाट मुगुमा खाद्यान्न ढुवानी हुँदै अए पनि दुई पटकको हिमपातले गर्दा ढुवानी गर्न समस्या भएको प्रमुख जिल्ला अधिकारी रोमबहादुर महत बताउँछन्।

हिमपातले खाद्यान्न मात्र नभएर व्यापारीका अन्य मालसामान ढुवानीमा समेत कठिनाइ भएको छ। सडक अवरुद्ध हुँदा नेपालगञ्ज, सुर्खेतदेखि व्यापारीलाई खाद्यान्नलगायत सामग्री जिल्लासम्म पुर्‍याउन गाह्रो भएको छ। बजारमा खाद्यन्न अभाव हुन थालेको छ।

सडक डिभिजन कार्यालयसँग समन्वय गरी हिमपातले अवरुद्ध भएको गमगढी नाग्मा सडकखण्ड डोजर लगाएर सञ्चालन गर्न लागिएको प्रजिअ महत जानकारी दिन्छन्। अहिले जिल्लामा कुनै खाद्य वस्तु र सामग्रीको अभाव नरहेको जिल्ला प्रशासन कार्यालयले जनाएको छ।

हिमपातका कारण जुम्लाको गुठिजिउला र कालीकोट जिल्लाको नाग्म बजारमा सवारीसाधन रोकिएका छन्। हिउँ पग्लेर जुम्लातिरको सडक हिलाम्य छ। मुगु जिल्लातिरको खण्ड हिउँले ढाकिएको छ।

हिउँदमा हिउँ र वर्षायाममा हिलोले सडकमा समस्या हुने भएकाले सडक पिच गरेर यात्रा सहज बनाउन स्थानीयवासीले आग्रह गरेका छन्। यो याममा हिमपातका कारण नाग्म गमगडी सडक हुँदै राराताल भ्रमण गर्न जाने आन्तरिक तथा बाह्य पर्यटकलाई सास्ती भएको छ।

प्रकाशित मिति: १५:५६ बजे, शनिबार, पुस २४, २०७८
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्