Kathmandu Press

मनाङमा थपिए २६३ नयाँ मतदाता

मनाङ, पुस २४ : हिमाली जिल्ला मनाङमा २६३ नयाँ मतदाता थपिएका छन्।निर्वाचन कार्यालय मनाङले स्थानीय तहमा सञ्चालन गरेको मतदाता नामावली सङ्कलन अभियानअन्तर्गत नयाँ मतदाता...
मनाङमा थपिए २६३ नयाँ मतदाता

मनाङ, पुस २४ : हिमाली जिल्ला मनाङमा २६३ नयाँ मतदाता थपिएका छन्।

निर्वाचन कार्यालय मनाङले स्थानीय तहमा सञ्चालन गरेको मतदाता नामावली सङ्कलन अभियानअन्तर्गत नयाँ मतदाता थपिएका हुन्।

कार्यालयले जिल्लाका तीनवटै स्थानीय तहबाट गत मङ्सिर १७ देखि पुस ९ गतेसम्म मतदाता नामावली संकलन अभियान सञ्चालन गरेको थियो । त्यसबाहेक निर्वाचन कार्यालय र जिल्ला प्रशासन कार्यालयबाट पनि मतदाता नामावली संकलन भइरहेको छ।

पहिलो चरणमा मनाङ ङिस्याङ गाउँपालिका र नार्पाभूमि गाउँपालिका तथा दोस्रो चरणमा नासों गाउँपालिकामा मतदाता नामावली संकलन गरिएको थियो ।

निर्वाचन कार्यालय मनाङका निमित्त प्रमुख निर्वाचन अधिकारी अनन्त सुवेदीले मनाङ ङिस्याङ गाउँपालिकाबाट सबैभन्दा बढी मतदाता थपिएको जानकारी दिए।

उनका अनुसार गाउँपालिकाबाट २८, नार्पाभूमि गाउँपालिकाबाट १० र नासों गाउँपालिकाबाट २५ मतदाता थपिएका छन् । थपिएकामध्ये महिलाको सङ्ख्या बढी छ । 

त्यसैगरी जिल्ला निर्वाचन कार्यालय र जिल्ला प्रशासन कार्यालयबाट २०० मतदाता थपिएका छन्। यसैगरी मनाङमा बाहिरी जिल्लाका व्यक्तिले भने नामावली दर्ता गराएका छैनन्।

‘दर्ता भएका विवरण रुजु गर्ने काम भइरहेको छ, नाम दोहोरिएको भए हट्छ,’ उनले भने। संकलन गरिएको विवरण यही पुस १० देखि २६ गतेसम्म रुजु गरी २९ गतेसम्म निर्वाचन आयोगमा पठाइनेछ। २०७७ चैतसम्म १८ वर्ष पुगेका मतदाता ६ हजार ३०९ पुगेको कार्यालयले जनाएको छ। 

प्रकाशित मिति: १३:४३ बजे, शनिबार, पुस २४, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्