Kathmandu Press

एमाले जिल्ला अधिवेशन : भक्तपुरमा सहमतिको सम्भावना न्यून, अध्यक्षमा देउजा र थापा

भक्तपुर, पुस २४ : एमाले भक्तपुर जिल्ला कमिटीको शुक्रबारदेखि सुरु भएको आठौं जिल्ला अधिवेशनमा आज निर्वाचन हुने भएको छ।जिल्लामा रहेको केन्द्रीय तहका नेताले...
एमाले जिल्ला अधिवेशन : भक्तपुरमा सहमतिको सम्भावना न्यून, अध्यक्षमा देउजा र थापा

भक्तपुर, पुस २४ : एमाले भक्तपुर जिल्ला कमिटीको शुक्रबारदेखि सुरु भएको आठौं जिल्ला अधिवेशनमा आज निर्वाचन हुने भएको छ।

जिल्लामा रहेको केन्द्रीय तहका नेताले सर्वसम्मत  नेतृत्व चयन गर्ने प्रयास शुक्रबारदेखि नै सुरु गरे पनि सहमति बन्ने सम्भावना न्यून भएकाले निर्वाचन हुने भएको हो।

Hardik ivf

बन्दसत्रका अध्यक्ष एवं एमाले पोलिटब्युरो सदस्य महेश बस्नेतले आज (शनिबार) बिहानदेखि नै प्रतिवेदन माथि समूहगत रूपमा छलफल भइरहेको र नेतृत्वमा सहमतिको प्रयास पनि भइरहेको जानकारी दिए। 

उनले भने, ‘अधिवेशनमा नेतृत्वका लागि एकभन्दा बढीको चाहना हुनु स्वाभाविक हो, दुई जनाले अध्यक्षमा चाहना गर्नुभएको छ, हामी दिउँसो ३ बजेसम्म सर्वसम्मतकोे प्रयास गर्छौं, नभए ३ बजेपछि निर्वाचनको प्रक्रिया सुरु गर्छौं, आजै निर्वाचन सक्छौं।’ जिल्ला अध्यक्षका लागि अहिलेका अध्यक्ष वचन देउजा र वाग्मती प्रदेशसभा सदस्य शशिजङ्ग थापाले उम्मेदवारी दिनुहुने भएकोे छ। 
    
१०५ सदस्यीय कमिटीमा सर्वसम्मत हुन नसकेका पदमा चुनाव गर्ने तयारी निर्वाचन समितिले गरे पनि एमाले केन्द्रीय नेता महेश बस्नेत, सोमप्रसाद मिश्रलगायत भने सर्वसहमतिको प्रयासबाटै नेतृत्व चयन गर्ने कसरतमा लाग्नुभएको बताइएको छ।

प्रकाशित मिति: १३:३८ बजे, शनिबार, पुस २४, २०७८
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्