Kathmandu Press

बालक हत्या आरोपमा चार  पक्राउ

पर्सा, पुस २४ : पर्साको जगरनाथपुर गाउँपालिका-६ सन्ठीमा एक बालकको हत्या आरोपमा प्रहरीले चारजनालाई पक्राउ गरी अनुसन्धान सुरु गरेको छ। नागेश्वर पटेलका १२ वर्षीय...
बालक हत्या आरोपमा चार  पक्राउ

पर्सा, पुस २४ : पर्साको जगरनाथपुर गाउँपालिका-६ सन्ठीमा एक बालकको हत्या आरोपमा प्रहरीले चारजनालाई पक्राउ गरी अनुसन्धान सुरु गरेको छ। 

नागेश्वर पटेलका १२ वर्षीय छोरा मन्टु पटेलको हत्याको आरोपमा प्रहरीले चार जनालाई पक्राउ गरी अनुसन्धान सुरु गरिएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षण ओमप्रकाश खनालले जानकारी दिए।

पक्राउ परेकाहरुको नाम सर्वजनिक गरिएको छैन। यसबारे थप १५ जनालाई सोधपुछका लागि आवश्यक प्रक्रिया अघि बढाएको प्रहरीले जनाएको छ। 

गाउँको पूर्वपट्टि रहेको उखुबारीमा शुक्रबार मन्टु मृत अवस्थामा फेला परेको थिए।

प्रकाशित मिति: १३:३० बजे, शनिबार, पुस २४, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्