एन्फाको चुनावी साधारणसभा जेठमा
काठमाडाैं, पुस २४ : अखिल नेपाल फुटबल संघ (एन्फा)को चुनावी साधारण सभा आगामी वर्ष जेठमा हुने भएको छ। बिहीबार र शुक्रबार बसेको एन्फाको...
काठमाडाैं, पुस २४ : अखिल नेपाल फुटबल संघ (एन्फा)को चुनावी साधारण सभा आगामी वर्ष जेठमा हुने भएको छ। बिहीबार र शुक्रबार बसेको एन्फाको १५औं केन्द्रीय कार्यसमिति बैठकले चुनावी साधारणसभा २०७९ जेठ १५ गते गर्ने निर्णय गरेको हो ।
यसैगरी सोही बैठकले विशेष साधारण सभा आगामी माघ २९ गते गर्ने निर्णय पनि गरेको छ। त्यसका लागि माघ २० गतेभित्र जिल्ला तथा प्रदेश फुटबल संघलगायत सदस्य संघहरूको निर्वाचन तथा साधारण सभाको निम्ति निर्वाचन नियमावली तथा निर्वाचन निर्देशिका बनाउने निर्णय पनि गरिएको छ ।
यस्तै, फागुन १५ देखि ३० गतेभित्र जिल्ला संघलगायत सदस्य संघहरूको निर्वाचन गर्ने र चैत्र १ देखि १० गतेभित्र प्रदेश संघको निर्वाचन गर्ने निर्णय पनि बैठकले गरेको छ।
प्रकाशित मिति: ०९:५० बजे, शनिबार, पुस २४, २०७८
प्रतिक्रिया दिनुहोस्
थप समाचार











