Kathmandu Press

फिफा वर्ष खेलाडीमा मेसी, लेवान्डोस्की र सलाह

काठमाडौं, पुस २४ : विश्व फुटबल महासंघ (फिफा) ले प्रदान गर्ने वर्ष उत्कृष्ट खेलाडीको सर्ट लिस्ट सार्वजनिक गरेको छ।शुक्रबार फिफाले पुरुष वर्ष खेलाडीका...
फिफा वर्ष खेलाडीमा मेसी, लेवान्डोस्की र सलाह

काठमाडौं, पुस २४ : विश्व फुटबल महासंघ (फिफा) ले प्रदान गर्ने वर्ष उत्कृष्ट खेलाडीको सर्ट लिस्ट सार्वजनिक गरेको छ।

शुक्रबार फिफाले पुरुष वर्ष खेलाडीका लागि मनोनित अन्तिम तीन खेलाडीमा पिएसजी स्टार लियोनल मेसी (अर्जेन्टिना), बार्यन म्युनिख स्टार रोबर्टो लेवान्डोस्की (पोल्यान्ड) र लिभरपुल स्टार मोहम्मद सलाह (इजिप्ट) छन्।

यस्तै, महिलातर्फ वर्ष खेलाडीमा चेल्सीकी साम केर (अस्ट्रेलिया)‚ बार्सिलोनाकी जेनिफर हेर्मोसो (स्पेन) र बार्सिलोनाकै एलेक्सिया पुटेलास (स्पेन) अन्तिम तीन मा परेका छन्।

Hardik ivf

अन्तर्राष्ट्रिय प्रशिक्षक, कप्तान तथा अन्तर्राष्ट्रिय टिम र पत्रकार तथा समर्थकको मतका आधारमा यो सूची बनाइएको हो। फिफाले विजेताको नाम १७ जनवरीमा ज्युरिचमा घोषणा गर्नेछ।

वर्ष पुरुष प्रशिक्षकः

पेप ग्वार्डीवाला (स्पेन/म्यानचेस्टर सिटी)

रोबर्टो मान्सिनी (इटाली)

थोमस टुचेल (जर्मनी/चेल्सी)

वर्ष उत्कृष्ट महिला प्रशिक्षकः

लुइस कोर्टेस (स्पेन/बार्सिलोना)

एम्मा हाएस (इंग्ल्यान्ड/चेल्सी)

सरिना विग्मान (नेदरल्यान्ड/डच)

वर्ष उत्कृष्ट गोलरक्षक पुरुष:

म्यानुएल नुएर (जर्मनी/वार्यन म्युनिख)

इडुवार्ड मेन्डी (सेनेगल/चेल्सी)

जियानलुगी डोनारुम्मा (इटाली/एसी मिलान/पिएसजी)

वर्ष उत्कृष्ट गोरक्षक महिला:

अन्ना कट्रिन बर्गर (जर्मनी/चेल्सी)

क्रिश्टिनी एन्डलर (चिली/पिएसजी/लियोन)

स्टेफिन लबि (क्यानडा/रोसेनगार्ड/पिएसजी)

फिफा पुस्का,स अवार्ड (वर्ष उत्कृष्ट गोल):

एरिक लामेला, टोटेनह्याम

प्याट्रिक सिच, चेक रिपब्लिक

मेहदी तारेमी, पोर्टो

प्रकाशित मिति: ०८:१५ बजे, शनिबार, पुस २४, २०७८
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्