Kathmandu Press

कोरोना बढेपछि तुलसीपुरका विद्यालय एक साता बन्द

कोरोना बढेपछि तुलसीपुरका विद्यालय एक साता बन्द

दाङ, पुस २४ : कोरोना भाइरसको संक्रमण बढ्न थालेपछि दाङको तुलसीपुर उपमहानरका सामुदायिक तथा निजी विद्यालय बन्द हुने भएका छन्।

शिक्षक र विद्यार्थीमा कोरोनाको संक्रमण देखिएपछि आइतबारदेखि विद्यालय बन्द गर्न लागिएको हो। तुलसीपुर उपमहानगरपालिकामा बसेको आकस्मिक बैठकले  पुस २५ गते आइतबारदेखि माघ ३ गतेसम्म विद्यालय बन्द गर्ने निर्णय गरेको उपमहानरपालिकाका जनस्वास्थ्य प्रवर्द्धन शाखा प्रमुख ओम न्यौपानेले जानकारी दिए।

Hardik ivf

शिक्षा समितिका संयोजक कुमार लामिछानेको अध्यक्षतामा बसेको बैठकमा वतावरण तथा विपत् व्यवस्थापन समितिका संयोजक नवराज लामिछाने, शिक्षा समितिका सदस्य श्याम डाँगी, विपत् व्यवस्थापन शाखा प्रमुख टोपबहादुर डाँगी, विभिन्न सामुदायिक तथा संस्थागत विद्यालयका प्रधानाध्यापक तथा प्रतिनिधिको सहभागिता रहेको थियो। तुलसीपुर क्षेत्रमा सामुदायिक ८३ र निजी विद्यालय ६८ वटा छन्।

कोरोनाको सङ्क्रमण बढेपछि यसअघि बुधबार नै अश्वारा मावि, गुरु जजुर मावि रक्षाचौर र सेन्टर स्कूल मावि तुलसीपुर बन्द भइसकेका छन्। तुलसीपुरमा ८४ जनामा कोरोना पुष्टि भएको छ।

प्रकाशित मिति: ०७:१४ बजे, शनिबार, पुस २४, २०७८
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्