Kathmandu Press

'ओली नेतृत्वको सरकार सफल’

काठमाडाैं, पुस २३ : नेकपा (एमाले)का महासचिव शङ्कर पोखरेलले केपी ओली नेतृत्वको सरकारले विकास र समृद्धिमा सफलता  हासिल गरेको दावी गरेका छन। आज...
'ओली नेतृत्वको सरकार सफल’

काठमाडाैं, पुस २३ : नेकपा (एमाले)का महासचिव शङ्कर पोखरेलले केपी ओली नेतृत्वको सरकारले विकास र समृद्धिमा सफलता  हासिल गरेको दावी गरेका छन। आज मङ्गलबजारमा आयोजित एमाले ललितपुरको आठौँ अधिवेसनको उद्घाटनमा महासचिव पोखरेलले ओली नेतृत्वको साढे तीन वर्षे सरकारले देशभरमा सडक, पुलको निर्माणमा उल्लेखीय काम गरेको र रेल निर्माणका लागि महत्वपूर्ण सम्झौता गरेको तर्क गरे।

पहिले पूर्व–पश्चिम एउटा मात्रै राजमार्ग रहेकामा ओली नेतृत्वको सरकारले चार राजमार्ग निर्माण अघि बढाएको उनले बताए। अरु पार्टीले पहिले रेलको कुरा गर्दा कागजको रेल बनाएर उडाए पनि ओली नेतृत्वको सरकारले रेल निर्माणसम्बन्धी महत्वपूर्ण काम गरेको उनको भनाइ छ। विगतमा भएका असमान सन्धीसम्झौताको पुनरावलोकनको काम सुरु हुनु र चुच्चे नक्सा प्रकाशन गर्नु उपलब्धी भएको उनको भनाइ छ।

Hardik ivf

पार्टी पोलिटब्युरो सदस्य तथा ललितपुर जिल्ला इञ्चार्ज शुशिला नेपालले देशको समृद्धि र शान्तिका लागि एमाले सत्तामा पुग्नुपर्ने बताए। केन्द्रीय सदस्य बाबुराम थापाले एमाले पार्टी सधैँ सही एजेण्डा लिएर अघि बढेकाले आमनागरिकको समर्थन र माया पाइरहेको उल्लेख गरे। पार्टी केन्दीय सदस्य तथा जिल्ला अध्यक्ष हरीकृष्ण ब्यञ्जनकारले जिल्लामा नेतृत्व चयन गर्दा सबै मिल्नुपर्ने र मिलेर नै आमनिर्वाचनमा जानुपर्नेमा जोड दिए।

ललितपुर क्षेत्र–१ बाट प्रतिनिधिसभा सांसद् नवराज सिल्वालले पार्टीले विगतबाट उठाएको एजेण्डा लिएर चुनाबमा जाने बताए। अधिवेसनले नयाँ जिल्ला कमिटिको चयन गर्नेछ। शनिबार बन्द सत्र सातदोबाटोमा हुने बताइएको छ।

प्रकाशित मिति: १९:४७ बजे, शुक्रबार, पुस २३, २०७८
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्