Kathmandu Press

पार्टीलाई बलियो बनाउने गरी काम गर्न पौडेलको निर्देशन

काठमाडौं, पुस २३ : नेपाल कम्युनिष्ट पार्टी (एमाले) का उपाध्यक्ष विष्णुप्रसाद पौडेलले पार्टीलाई बलियो बनाउने गरी काम गर्न जिल्ला नेतृत्व र कार्यकर्तालाई सुझाव...
पार्टीलाई बलियो बनाउने गरी काम गर्न पौडेलको निर्देशन

काठमाडौं, पुस २३ : नेपाल कम्युनिष्ट पार्टी (एमाले) का उपाध्यक्ष विष्णुप्रसाद पौडेलले पार्टीलाई बलियो बनाउने गरी काम गर्न जिल्ला नेतृत्व र कार्यकर्तालाई सुझाव दिएका छन् । एमालेलाई कमजोर पार्ने षडयन्त्र सफल हुन नदिने मुख्य अभिभारा पूरा गर्न वडा, नगर र क्षेत्रमा फैलिन उनले आग्रह गरे । 

नेकपा (एमाले) को रुपन्देही जिल्ला अधिवेशनको उद्घाटन कार्यक्रममलाई आज भैरहवामा सम्बोधन गर्दै उपाध्यक्ष पौडेलले जनताले पत्याएको शक्ति भएकाले जस्तो सुकै परिस्थितिमा पनि काम गर्छ भन्ने विश्वास दिलाउन आवश्यक रहेकोमा जोड दिए ।

Hardik ivf

“हामीले सरकारमा रहँदा नीति, विचार, कार्यक्रम र बजेटका दृष्टिकोणले जनताको विश्वास जित्ने गरी काम गरेका छौँ, सबै मिलेर यसलाई अझै शक्तिशाली बनाउनुपर्छ”, उपाध्यक्ष पौडेलले भने । 

उनले चरणबद्ध रुपमा निर्वाचन सुरु हुने भएकाले अधिवेशन लगत्तै त्यसको तयारीमा लाग्न आवश्यक रहेको बताए ।  केन्द्र स्थानीय र प्रदेश तहमा जित हासिल गरेर एमालेको नेतृत्वमा सरकार बनाउने गरी सक्रिय भएर जनताका बीचमा जान उनले जिल्ला नेता र कार्यकर्तालाई आग्रह गरे । “हाम्रा नीति, विचारलाई कार्यान्वयन गरेर आगामी निर्वाचनमा जित हासिल गर्ने हिसाबले लाग्नुपर्छ”, उनले भने । 

पार्टीका केन्द्रीय सचिव तथा लुम्बिनी प्रदेश इञ्चार्ज छबिलाल बिश्वकर्माले पार्टी नेतृत्वका विरुद्ध घेराबन्दी भइरहेकाले यसलाई तोडेर जोगाउन आवश्यक रहेको बताए ।  पार्टीका स्थायी समिति सदस्य घनश्याम भुसालले पार्टी बलियो हुन असल नेतृत्व चयन गर्नुपर्ने बताए । दुई दिनसम्म चल्ने अधिवेशनमा सहमतिमै नयाँ नेतृत्व चयन गर्नका लागि प्रयास हुने अध्यक्ष शिवराज सुवेदीले जानकारी दिए ।

प्रकाशित मिति: १८:४९ बजे, शुक्रबार, पुस २३, २०७८
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्