Kathmandu Press

सातदोबाटोसँग रोकियो संकटा

काठमाडौं, पुस २३ : ए डिभिजन लिगको नवप्रवेशी क्लब सातदोटबाटेले संकटा क्लबलाई बराबरीमा रोकेको छ। शुक्रबार दशरथ रंगशालामा भएको आठौं चरणको पहिलो खेलमा सातदोबाटोले...
सातदोबाटोसँग रोकियो संकटा

काठमाडौं, पुस २३ : ए डिभिजन लिगको नवप्रवेशी क्लब सातदोटबाटेले संकटा क्लबलाई बराबरीमा रोकेको छ। शुक्रबार दशरथ रंगशालामा भएको आठौं चरणको पहिलो खेलमा सातदोबाटोले उपाधि होडमा रहेको संकटालाई १–१ गोलको बराबरीमा रोकेको हो।

खेलमा अग्रता सातदोबाटोले लियो । २३औं मिनेटमा उसका सुशील राईले गोल गरेका थिए । उनले संकटाका गोलरक्षक राजाबाबु थापाको गल्तीको फाइदा उठाउँदै गोल गरेका थिए । 

त्यसको ९ मिनेटपछि नै संकटाले बराबरी गोल ग¥यो । ३२औं मिनेटमा संकटाका लागि जय गुरुङले गोल गरेका थिए । उनले दिपेश आलेमगरको पासमा ३० यार्डबाट उत्कृेष्ट गोल गरेका थिए । 

निकै प्रतिस्पर्धात्मक बनेको खेलेको दोस्रो हाफमा कुनै गोल नहुँदा खेल १–१ कै बराबरीमा सकिएको थियो । 

लिगमा अपराजित रहेको संकटा १४ अंक जोड्दै तेस्रो स्थानमा छ भने सातदोबाटो ९ अंकसहित आठौं स्थानमा छ।

प्रकाशित मिति: १७:५३ बजे, शुक्रबार, पुस २३, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्